बुटवल १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण प्रस्तुत गरेका हुन् ।कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात १७.५५ प्रतिशत विनियोजन गरिएको छ ।संघीय बजेटमा लुम्बिनीको स्थान हेर्दा रुपन्देही र दाङ हावि देखिएका छन् ।
सो बजेटका लागि १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ राजस्वबाट स्रोत जुटाइने भएको छ । त्यस्तै वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड, वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ६५ करोड तथा आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब जुटाइने लक्ष्य लिइएको छ । पुरानै आयोजना निरन्तरता :
संघीय सरकारले सार्वजनिक गरेकोबजेटमा लुम्बिनी प्रदेशका लागि पुरानै योजनामा बजेट परेका छन् । संयुक्त संघीय संदमा अर्थमन्त्री डा.प्रकाशरण महतले सार्वजनिक गरेको बजेट २०८० /०८१ मा लुम्बिनी प्रदेशका अधिकांस पुरानै आयोजनमा बजेट विनियोजन गरिएको छ ।लुम्बिनी प्रदेशमा बर्षौ देखि अलपत्र रुपन्देहीको मोतिपुर औद्योगीक क्षेत्र , बाँके जिल्लाको नैवास्ता औद्योगीक क्षेत्र सुरु गरिने बजेटमा उल्लेख छ ।
कपिलवस्तुः
कपिलवस्तुको गोरुसिंगेमा ट्रमा केयर युनिट स्थापनाको लागि बजेट विनियोजन गरिएको बजेटमा उल्लेख छ भने बुटवल–गोरुसिंगे–दाङ सडक विस्तार कार्यक्रमलाई निरन्तरता दिने उल्लेख छ । यस्तै कपिलवस्तुको बाणगंगामा कृषि थोक बजार स्थापना गरिने बजेटमा उल्लेख छ ।
रुपन्देहीः
भैरहवामा रहेको गौमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट बौद्धधर्मवालम्बीहरु बढि मात्रामा रहेका थाईलाण्ड, श्रीलंका लगायतका देशमा सिधा उडानको लागि सरकराले संमन्वय गर्ने उल्लेख छ । भैरहवामा रहेको एकिकृत जाँच चौकी निर्माणलाई तिब्रता दिईने बजेटमा उल्लेख छ ।
बुटवल देखि नारायणगढ सडक विस्तार यसै आर्थिक बर्षमा पुरा गर्ने बजेटमा उल्लेख छ भने बुटवलमा बर्षौ देखि कार्यालय स्थापना भएपनि पनि अलपत्र परेको बुटवल मेडिकल कलेजलाई गत बर्षको बजेटमा उल्लेख भए अनुसार प्रदेश सरकार अन्र्तगतको अस्पतालले कार्यन्वयनमा ल्याउने गरी यसै बर्ष नै मेडिकल कलेज निर्माण सुभारम्भ गर्ने उल्लेख छ ।रुपन्देहीको सेमलारमा निर्माण गर्ने भनिएको कृषि उपजकेन्द्रको लागि बजेट विनियोजन गरिएको छ । रुपन्देही जिल्लामै तिनाउ नदिमा सिग्नेचर पुल निर्माण, बुटवलदेखि गोरुसिंगे सडक विस्तार तथा स्तरउन्नती गर्ने, रुपन्देहीको साझण्डीमा ट्रमा केयर युनिट स्थापना गर्ने समेत उल्लेख छ ।
अर्घाखाँचीः
अर्घाखाँचीमा चनढुंगा उत्खनन अगाडी बढाईने बजेटमा उल्लेख छ ।
गुल्मीः
रेसुङ्गा विमानस्थल नियमित गर्ने गरी बजेट विनियोजन गर्ने र पाल्पा गुल्मी सडक स्तरउन्नती सहित रेसुङ्गा मन्दिरको विकास र स्तरउन्नतीको लागि बजेट विनियोजन गरिएको छ । पाल्पा–गुल्मी सडक खण्ड स्तरउन्नीका लागि २ अर्व विनियोजन गरिएको छ।
पाल्पाः
बुटवल पाल्पा सडक स्तरउन्नतीका लागि बजेट विनियोजन गरिएको छ । सिद्धाबाबामा सुरुङ्ग मार्ग निर्माण सक्नको लागि बजेट विनियोजन गरिएको छ । शैसुनवलमा ट्रमा केयर सेन्टर स्थापना गर्ने बजेटमा उल्लेख छ । सरकारी अस्पताले यसक
दाङः
राजधानी व्यवस्थापनको लागि यथेष्ट बजेट विनियोजन गरिएको उल्लेख छ भने राप्ती सिंचाई आयोजना, एकिकृत विकास लगायतका भालुवाङ्ग–लमही सडक स्तरउन्नतीको लागि समेत बजेट व्यवस्थापन गरिएको छ ।सरकारले सार्वजनिक गरेको बजेटमा दाङको राप्ती क्षेत्रमा ट्रमा केयर युनिट समेत स्थापना गरिने उल्लेख छ । राप्ती राजमार्गको लागि ९० करोड विनियोजन गरिएको छ ।टारीगाउँ विमानस्थल स्तरउन्नती गर्ने कुरा पनि बजेटमा उल्लेख छ । राप्ती प्राविधिक शिक्षालय, राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा अस्पतालको क्षमता विकास भौतिक पुर्वाधारका लागि बजेट विनियोजन गरिएको छ।
बाँकेः
शुसील कोईराला प्रखर क्यान्स अस्पताल विकासका लागि बजेट विनियोजन गरिएको छ भने नैवास्त औद्योगीक क्षेत्रलाई यसै बर्ष शुभारम्भ गर्ने गरी बजेट विनियोजन गरिएको छ ।
प्यूठानः
स्वर्गद्धारी क्षेत्रको विकासका लागि एथेष्ट बजेट विनियोजन गरिएको छ । भालुवाङ्ग– प्यूठान सडक विस्तार र स्तरउन्नतीका लागि बजेट विनियोजन गरिएको छ ।








प्रतिक्रिया