पार्वती पाण्डे
कपिलवस्तु १८ जेठ ।प्रकृतिको कुचिकारको रुपमा रहेको गिद्धहरु नेपालमा लोप हुने अवस्थामा छन । पशु उपचारमा डाइक्लोफेनेक औषधीको प्रयोग बन्द गरेमा गिद्धको संरक्षण हुन सक्छ । पशुहरुको उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधीको प्रयोगबाट उक्त पशुको मासु गिद्धले खाएपछि गिद्धको मुगौलामा असर परि गिद्ध मर्ने हुन्छ । गिद्ध वस्ने सिमलका रुखहरु नहुंनु , अग्ला अग्ला रुखहरु नष्ट हुनु, गिद्धको लागि आहारा नहुंनु जस्ता समस्याले गिद्धहरु लोप हुने गरेको अध्ययनले देखाएको छ । गिद्धका लागि सुरक्षित आहार व्यवस्थापन सम्बन्धी स्थानीय सरोकारवाला विच कार्यशाला गरिएको छ । कार्यक्रममा बोल्दै वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले वातावरण स्वच्छ राख्नका लागि गिद्धको संक्षण गर्नु पर्ने बताउनु भयो । राजापानी सामुदायिक वनले गिद्ध संरक्षणका लागि पशु वृद्ध आश्रम योजना अगाडि बढाएकोमा नगरले साथ दिने बताउनु भयो ।
योजना अनुसार राम्रो काम गर्ने जो कोहि सँग पनि नगर समन्वय गरेर अगाडि बढ्ने बताउनु भयो । जिम्मेवारी अनुसार काम गर्न समेत मेयर अर्यालले सम्बन्धित सरोकारवालाई आग्रह गर्नु भयो । कार्यक्रममा रिता कुमारी चौधरीले गिद्ध संरक्षणको योजनालाई कार्यान्वयन गरि अगाडि बढ्न आग्रह गर्नु भयो । कार्यक्रममा नेपाल पन्छी संरक्षण संघका परियोजना संयोजक भुपाल नेपालीले कपिलवस्तु जिल्लामा गिद्ध र चराचुरुंगी संरक्षणका लागि करिब १० वर्ष देखि काम गरिरहेको बताउनु भयो । गिद्ध संरक्षणका लागि जिल्लामा जनप्रतिनिधि विभिन्न सरोकावाला सँग पनि सचेतीकरण कार्यक्रम गरिएको बताउनु भयो । कार्यक्रममा राजापानी सामुदायिक वनका पुर्व अध्यक्ष ढाकाराम अधिकारीले गिद्ध संरक्षणका लागि पशु वृद्ध आश्रम योजना अगाडि बढाएको बताउनु भयो ।
वनका अध्यक्ष सिता पौडेलको अध्यक्षता , सचिव दिनानाथ पाण्डेको सञ्चालनमा कार्यक्रम गरिएको हो । राजापानी सामुदायिक वन , नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसियसनको सहकार्यमा भएको कार्यक्रममा नगरका जनप्रतिनिधिहरु , पत्रकार , पशु चिकित्सक लगायतको उपस्थिती रहेको थियो ा राजापानी सामुदायिक वनमा करिब सय वढि गिद्ध रहेका छन । उक्त स्थानमा सिमल , साज र सालका रुखहरुमा गत वर्ष १ सय ८ वटा गिद्धका गुँड रहेका थिए । सो वन गिद्ध वासस्थानको उपयुक्त स्थान रहेको छ । विश्वमा २३ प्रजातीका गिद्ध रहेक छन भने नेपालमा ९ प्रजातीका रहेका छन् ।
प्रतिक्रिया