अन्तर्राष्ट्रिय

भारत भ्रमणको उपलब्धी : भारतलाई नदीनाला, नेपाललाई उन्‍नत जातका राँगा



चिरन्जीवि पौडेल
काठमाडौं २२ जेठ । पाँच मन्त्रीसहित १२० जनाको ‘जन्ती’ लिएर प्रधानमन्त्री भारत जानुअघि यस पंतिकारले परराष्ट्रका एक अधिकारीसँग लामै कुराकानी गरेको थियो । उनले नेपालको राजनीतिक नेतृत्वले देशको आत्मसम्मानमाथि खेलवाड गरिरहेको र कूटनीतिलाई विद्रूप बनाइरहेको विषयमा चिन्ता सुनाइसकेपछि सुझाव दिए, ‘अहिले भ्रमणमा जाने बेला चाहीँ निजहरूको मनोबल गिर्नेगरी केही नलेख्दा राम्रो होला ।’उनको कुरा पनि ठीकै थियो । सकेसम्म देशको प्रतिनिधित्व गरेर गएको टोली उच्च मनोबलका साथ वार्ताहरूमा प्रस्तुत होस् भन्ने कामना गरिन्छ । तर, प्रधानमन्त्रीको टोली भारत पुग्दा(नपुग्दै सामाजिक सञ्जालमा ‘ट्रोल’ हरूको बाढी लाग्न थालिहाल्यो ।
एयरपोर्टबाहिरको मुजुरा डान्सदेखि महाकाल मन्दिरमा प्रचण्डको गेरुवस्त्र धारणसम्ममा आइपुग्दा यो भ्रमण नै एउटा परिहासपूर्ण तमासा बन्न पुगेको छ । जब प्रधानमन्त्रीबाट सिंगै देशको मनोबल गिर्ने राष्ट्रियताविरोधी हर्कतहरू हुन्छन् भने निज प्रधानमन्त्रीको मनोबल उच्च राख्ने ठेक्का जनता र मिडियाले लिइराख्न कसरी सक्छन् ?
यो भ्रमणको सेरोफेरोमा कहाँकहाँ निहुरियो त देशको शिर ? बुँदागत विवेचना गरौं ।
पहिलो विदेश भ्रमण भारतमै गर्ने रहर कि बाध्यता ?
प्रधानमन्त्री बनेको ५ महिनापछि बल्ल प्रधानमन्त्री दाहालले विदेश यात्राको पाइतो सारेका छन् । भारत जानुअघिसम्म उनको विदेश भ्रमण अघोषित निलम्बनको अवस्थामा थियो ।प्रधानमन्त्रीलाई अन्यत्रबाट निम्तो नआएको होइन । गत फागुन १९ देखि २२ सम्म उनी कतारमा अति कम विकसित राष्ट्रहरूको पाचौं सम्मेलनमा जाने तय नै भइसकेको थियो । तर, कताबाट अचानक के आकाशवाणी आयो, अन्तिम समयमा प्रचण्डले भ्रमण रद्द गरे । तत्कालीन राजनीतिक परिस्थितिलाई कारण देखाएर उनी अनायास रोकिएका थिए ।
प्रचण्डलाई निकट छिमेकी चीनबाट पनि निमन्त्रणा आयो । चिनियाँ दूतावासले गत फागुन ८ गते पत्र पठाएर बोआओ फोरममा सहभागी हुन औपचारिक आमन्त्रण गरेकोमा प्रचण्डले त्यसलाई पनि पन्छाएर भारतको निम्तो कुरेर बसिरहे । यो उनको भारतपरस्थताको चरम नमूना थियो । दक्षिणी छिमेकीलाई जसरी पनि रिझाएर आफ्नो सत्तायात्रा लम्ब्याउने अठोट लिएका प्रधानमन्त्रीले कूटनीतिक सन्तुलन र राष्ट्रिय स्वाभिमानको बिल्कुलै वास्ता गरेनन् । यस विषयमा संसदमा प्रश्न उठ्दा उनले ‘आफ्नो अप्ठेरो बुझेर’ चीनले नै भ्रमण स्थगनको प्रस्ताव गरेको गैरकूटनीतिक अभिव्यक्ति दिए ।सकेसम्म देशको प्रतिनिधित्व गरेर गएको टोली उच्च मनोबलका साथ वार्ताहरूमा प्रस्तुत होस् भन्ने कामना गरिन्छ । तर, प्रधानमन्त्रीको टोली भारत पुग्दा(नपुग्दै सामाजिक सञ्जालमा ‘ट्रोल’ हरूको बाढी लाग्न थालिहाल्यो ।
भारतले भने प्रचण्डलाई रातो कार्पेट ओछ्याउन खासै हतार देखाएन । तत्कालीन राजनीतिक परिस्थितिमा यो सरकार कति टिक्छ भन्ने नै टुंगो नभएकाले उसले प्रचण्डलाई निम्तो पठाउन लामो समय आलटाल गर्‍यो । शरणार्थी प्रकरणपछि सरकार अलि थिग्रिएकाले भारतले अन्ततः प्रचण्डको मनोकांक्षा पूरा गरिदिएको छ ।त्यसो त प्रचण्डलाई मात्रै दोष दिनु पनि उचित नहोला । २०६२र६३ यता हरेक प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतकै गर्ने कर्मकाण्ड निर्वाह गर्दै आएका छन् । छोरीले बिहे गरेपछि सबैभन्दा पहिले दुल्हन फर्काउन माइती जाने चलनजस्तै प्रधानमन्त्री भएपछि अनिवार्य भारत भ्रमणमा जाने परिपाटी बसालिएको छ । विदेश भ्रमण भनेको परिस्थितिजन्य कारण र आवश्यकताले निर्धारण हुनुपर्ने हो । तर, नेपालका प्रधानमन्त्रीमात्र नभएर गणतन्त्रपछि बनेका राष्ट्रपतिहरूले पनि परम्परा धान्ने नाममा निरुद्देश्यीय भारत भ्रमण गर्ने गरेका छन् । सम्भवतः अब नयाँ राष्ट्रपति रामचन्द्र पौडेलले साइत जुराउँदै होलान् ।
भारतलाई कोसेली नागरिकता विधेयकः
प्रचण्डलाई निम्त्याउन भारतले कति कडा शर्त राखेको थियो भन्ने भ्रमणकै दिनमा पर्दाफास भयो । नेपाली टोली नयाँदिल्ली उड्नुभन्दा केही घण्टाअगाडि राष्ट्रपतिबाट हतार(हतार नागरिकता विधेयक प्रमाणीकरण गराइयो, त्यो पनि असंवैधानिकरूपमा ।तत्कालीन संसदका दुवै सदनले दुईपटक अनुमोदन गरेर पठाएको विधेयकमा असन्तुष्टि जनाएर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले यसलाई प्रमाणीकरण नगरी डस्टविनमा सजाएकी थिइन् । संविधानअनुसार कुनै पनि विधेयक प्रमाणीकरण राष्ट्रपतिले १५ दिनभित्रै गर्नुपर्छ । १५ दिन कटेपछि प्रमाणीकरण गर्न संविधानको कुनै धाराले राष्ट्रपतिलाई अधिकार दिँदैन । त्यसमाथि तत्कालीन राष्ट्रपतिले अवकाश पाएको र प्रतिनिधिसभाको समेत नयाँ चुनाव भएको अवस्थामा मृत बनिसकेको विधेयकलाई समाधिबाट उत्खनन गरेर नयाँ राष्ट्रपतिबाट प्रमाणीकरण गराइएको छ, जुन सरासर संविधानको उल्लंघन हो । यसक्रममा राष्ट्रपतिले कसरी सरकारी कागजमा कीर्ते गरेका छन् भन्ने तथ्य नेपाल प्रेसले सार्वजनिक गरिसकेको छ ।
त्यसो त प्रचण्डलाई मात्रै दोष दिनु पनि उचित नहोला । २०६२÷६३ यता हरेक प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतकै गर्ने कर्मकाण्ड निर्वाह गर्दै आएका छन् । छोरीले बिहे गरेपछि सबैभन्दा पहिले दुल्हन फर्काउन माइती जाने चलनजस्तै प्रधानमन्त्री भएपछि अनिवार्य भारत भ्रमणमा जाने परिपाटी बसालिएको छ ।यसरी राष्ट्रपतिलाई विवादमा पारेर हतार(हतार प्रमाणीकरण गर्न लगाउनुले पुष्टि हुन्छ कि यो विधेयक कसलाई खुशी पार्न ल्याइएको हो । भारत जानुअघि प्रधानमन्त्री प्रचण्ड आफैं शीतलनिवास पुगेर तत्काल प्रमाणीकरण गर्न ताकेता गरेका थिए । भारतले उनलाई आफ्नो देशको ‘भिसा’ दिन नागरिकता विधेयकलाई पूर्वशर्त बनाएको स्पष्टै देखियो ।
भारतमा कति सम्मान, कति बेइज्जती ?प्रधानमन्त्रीले गर्ने वैदेशिक भ्रमणमा सिंगो देशको ईज्जत मिसिएको हुन्छ । आतिथ्यता गर्ने देशले हाम्रा प्रतिनिधिलाई दिने सम्मान भनेको देशलाई दिइएको सम्मान हो ।यताबाट जति प्रयास गर्दा पनि प्रधानमन्त्री दाहालको भ्रमणलाई भारतले ‘राजकीय’ हैसियत दिएन । भलै प्रचण्डले ट्वीटरमा ‘राजकीय भ्रमण’ गरेको भनेर आत्मरति लिएका छन् । तर, दुवै पक्षका आधिकारिक दस्तावेजमा यसलाई ‘औपचारिक भ्रमण’ मात्र भनिएको छ । राजकीय भ्रमण र औपचारिक भ्रमणमा पाहुनालाई गर्नै स्वागत र सम्मानको स्तरमा धेरै फरक हुन्छ । राजकीय भ्रमणमा पाहुनालाई गार्ड अफ अनर दिइन्छ, जुन प्रचण्डले पाएनन् ।
सबैभन्दा बेइज्जतीपूर्ण त यो जन्तीमा संघीय सरकारका मन्त्रीहरू नै ५ जना समावेश गरिएको थियो । मुख्य सचिव र सचिवहरू ९ जना थिए । यसरी ‘सरकार’ को एउटा हिस्सा नै भ्रमण टोलीमा लैजानुको कुनै औचित्य र प्रयोजन थिएन । मन्त्रीहरूले एकाध बैठकमा भाग लिने र मन्दिरमा पूजाआजा गर्नेबाहेक कुनै पनि भूमिका पाएनन् ।प्रधानमन्त्री दाहालको स्वागतमा भारतकी विदेश राज्यमन्त्री मिनाक्षी लेखी एयरपोर्टमा उपस्थित भइन् । यसलाई लिएर नेपालमा प्रधानमन्त्रीको निकै खिसिट्यूरी भयो ।
भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा हरेकपटक नेपालका प्रधानमन्त्री र मन्त्रीहरू लर्को लागेर विमानस्थलमा स्वागत गर्न जाने गरेका छन् । तर, भारतले भने हरेकपटक मन्त्री वा राज्यमन्त्री पठाउने गर्छ । विगतमा भारतीय प्रधानमन्त्री नै नेपालका प्रधानमन्त्रीलाई रिसिभ गर्न विमानस्थल आएका उदाहरण पनि छन् । तर, त्यो एकादेशको कथा भइसक्यो । २०७४ सालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी भारत जाँदा पनि राज्यमन्त्रीले स्वागत गरेकी थिइन् । जबकि भारतीय राष्ट्रपति नेपाल आउँदा भण्डारी आफैं उनलाई रिसिभ गर्न एयरपोर्ट पुगेकी हुन् ।

विमानस्थलबाट बाहिर निस्केपछि प्रधानमन्त्रीको स्वागतमा सडकमा देखाइएको नाच अर्को स्क्यान्डल बन्यो । प्रचण्ड र मोदीको पोस्टर अगाडि एउटा कार्पेट ओछ्याएर त्यसमा नेपालका प्रधानमन्त्रीलाई उभ्याइयो र ६ जना नर्तकी उनको वरिपरी घुम्दै झाँक्रीजसरी उफ्रिए । दुई दिनसम्म त नेपालमा यसैको भिडिओले सामाजिक सञ्जाल खर्लप्पै खायो । यो स्वागतलाई नेपालीहरूले बेइज्जती रूपमा लिए । अनगिन्ति ट्रोल बने । बुझिएअनुसार भारतले पछिल्लो समय विदेशी अतिथिको स्वागतमा आविष्कार गरेको नयाँ शैली हो यो । नेपालका प्रधानमन्त्रीले चाहीँ यसअघि यस्तो टीठलाग्दो स्वागत भेटेका थिएनन् ।

प्रकाशित : २२ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६