अन्तर्राष्ट्रिय

एसी विस्फोटपछि आगलागी हुँदा नौँ जनाको मृत्यु



नयाँ दिल्ली, २० वैशाख (रासस/एएफपी) :

आइतबार बिहान दिल्लीको एक बहुतले घरमा एअर कन्डिसनर (एसी) विस्फोटपछि आगलागी हुँदा नौँ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । आगलागीमा परी एक बालक र चार महिलासहित कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य २० जना घाइते भएका दिल्ली प्रहरीले पुष्टि गरेको छ । पूर्वी दिल्लीको विवेक विहार इलाकामा पीडित सुतिरहेका बेला यो घटना भएको हो । एसी विस्फोटपछि लागेको आगो केही मिनेटमा नै पूरै घरमा फैलिएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त घरको विभिन्न भागबाट नौजनाको मृत शरिर निकालिएको छ । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । आगो नियन्त्रणका लागि दमकलसहितका १४ वटा टोली खटिएका थिए । एयर कन्डिसनरमा विस्फोट हुनुको कारण पत्ता लगाउन अनुसन्धान सुरू भइसकेको प्रहरीले जनाएको छ।

प्रकाशित : २० बैशाख २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६