अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा हिंसात्मक घटनामा तीनको मृत्यु



सिड्नी, २० वैशाख (रासस/सिन्ह्वा) :

अस्ट्रेलियाको दक्षिणपश्चिम सिड्नीस्थित एक घरमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब १ः३० बजे सिड्नीको केन्द्रीय भागबाट करिब ४५ किलोमिटर दक्षिणपश्चिममा रहेको रोजमेडो क्षेत्रमा एक घरमा आक्रमण भएको जानकारी पाएपछि आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका थिए । घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले करिब ६० वर्षकी एक महिला र करिब २० वर्षका एक पुरुषलाई मृत अवस्थामा फेला पारेका थिए । साथै, गम्भीर टाउको चोट लागेको ६४ वर्षीय पुरुषलाई तुरुन्तै अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार यी तीनै जना व्यक्तिहरूलाई उनीहरू चिन्ने एकै व्यक्तिले आक्रमण गरेको बताइएको छ । त्यसै क्रममा बिहान करिब २ः३० बजे उक्त घरमा आएको एक सवारीसाधनका ३२ वर्षीय पुरुष चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र उनलाई नजिकैको प्रहरी चौकीमा लगिएको छ । घटनापछि सो घरलाई अपराध स्थल घोषणा गरिएको छ र स्थानीय प्रहरीले हत्या अनुसन्धान टोलीको सहयोगमा विस्तृत अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित : २० बैशाख २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६