कपिलवस्तुमा विकास निर्माणका विभिन्न काम गरेका निर्माण ब्यावसायी र उपभोक्ता समितीले करोडौ रकम भुक्तानी पाउन सकेका छैनन् । नेपालको प्रचलन असारे विकासको नमुना यसपाली पनि जिल्लाका सबै पालिकामा देखिदा त्यस्तो अवस्था आएको हो । प्रेसपाटीलाई प्राप्त जानकारी बाणगंगा नगरपाकिलामा ५ करोड बढी यस्तो भुक्तानी रोकिएको छ । मायादेवि गाउपालिकामा २ करोड विजयनगरमा २ करोड ,कपिलवस्तु नगरपालिकामा ३ करोड वढी भुक्तानी रोकिएको छ । अन्य पालिकामा पनि यहि अनुापतमा रकम रोकिएको वताइएकोछ ।
अनलाइनवाट भुक्तानी गर्ने पालिकाको सफटवेयरमा बेलावखत आउने समस्या र २४ गते राती १२ वजेपछि उक्त सफटवेयर चल्न बन्द भएपछि काम भएर पनि ठूलो रकम भुक्तानी हुन नसकेको हो । यो विषयमा निर्माण ब्यवासायी एवम उपभोक्ता र कर्मचारीका आआफ्नै गुनाशा र तर्कछन् ।काम गरे गराएका ब्यक्ति तथा संघ सस्थाले कर्मचारीले सही किसिमले काम नगर्दा आफूहरुले भुक्तानी नपाएको वताउने गरेका छन् भने लेखामा काम गर्ने कर्मचारीहरु आफूले असारको १५ पछि दिनमा १८ घण्टा सम्म काम गर्दा समेत सफटवेयरमा आउने समस्याका कारण २४ असारको मध्येरात सम्ममा भुक्तानी नभएको दावि गर्छन । मायादेवि गाउपालिकाका लेखा अधिकृत प्रकाश गौतमका अनुसार असार २४ को राती १२ वजे सम्म गर्न सकेका सबै कामको भूक्तानी भएपनि कतिपय फाइल सोही दिन साझ मात्र आएकाले ती कामको भुक्तानी गर्दा गर्दै सफटवेयर बन्द भएको वताउनु भयो ।
यसमा लेखाको कुनै दोष छैन सरकारले नै बन्द गरेको हो उहाले भन्नु भयो । त्यसो त सरकारले असार २४ पछि खाता बन्द हुने सूचना एक महिना अघि नै पालिकाहरुमा पठाएको थियो । नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख पछाई भन्नु हुन्छ सरकारले २४ असारमा खाता बन्द हुन्छ भन्दा भन्दै सोही दिन साझ सम्ममा मात्र विल ल्याउने उपभोक्ता तथा ठेकेदार पनि यसका दोषि हुन्। तर के गर्ने नेपालकै विकास भनेको असारवाट शुरु हुन्छ असार मै सकिन्छ।भए गरेका कामको भुक्तानी दिन खातामा रकम भएर पनि नसकिएको विषयमा जनप्रतिनिधी पनि गंभिर बनेका छन् । कपिलवस्तु नगरका मेयर सुदिप पौडेलले सरकारले आफैले पठाउने रकम असार १५ तिर पठाउने अनि १० दिनपछि भुक्तानी दिन रोकेर समस्या पार्न नहुने वताउनु हुन्छ ।उहाले काम भएका र चेक काटिएका रकमको भुक्तानी दिने ब्यवस्था सरकारले मिलाउने विश्वास ब्यक्त गर्नु भयो । उहाले भन्नु भयो खातामा भएको रकमको काम भएर अँएपछि हामी भुक्तानी दिन तयार छौ संघिय सरकारले अनलाइन सिष्टम सूचारु गरिदिनु परयो ।
२६ असार २०८०, मंगलबार
प्रतिक्रिया