खोज–अनुसन्धान

गौर हत्याकाण्डका फाइल खोल्न भन्दै पीडितको आन्दोलन घोषणा




चितवन २ साउन । गौर हत्या काण्डका फाइल खोलेर गौर हत्या काण्डमा संलग्नहरुलाई कारबाहीको माग गर्दै पीडितहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।गौर हत्या काण्ड संघर्ष समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै सो हत्याकाण्डको फाइल खोल्न माग गरेका छन् । साथै उनीहरुले साउन १४ सम्म माग पुरा नगरे साउन १५ बाट अनिश्चितकालिन रौतहट बन्द गर्ने चेतावनीसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरुले साउन २ देखि १२ गतेसम्म रौतहटका पालिकाहरुमा हत्याकाण्डबारे जानकारी र अन्तरक्रिया, साउन १३ गते सहिद तथा पीडित परिवारबाट धर्ना, साउन १४ गते मोटरसाइकल र्‍याली र १५ गतेबाट अनिश्चितकालिन रौतहट बन्दका कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमबार गौर हत्या काण्ड संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै दोषीलाई कारबाहीको दायरमा नल्याएकाले आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको जनाएको छ । संघर्ष समितिका संयोजक रुपसागर देवीले अमानवीय र बीभत्स हत्या गर्ने गौर हत्याकाण्डका हत्यारालाई वर्षौसम्म पनि अनुसन्धानको दायरामा नल्याई कारबाही नगर्नाले पीडितहरुको आँखा अगाडी नै खुलेआम हिँडिरहेको देख्नुपर्दा आफूहरूलाई थप पीडा भएको जनाएका छन् ।

‘अमानवीय र बीभत्स हत्याकाण्डका दोषीलाई कानुन बमोजिम अविलम्ब कारबाही गर्न हामी पीडितहरुलाई अपराध पीडितको हक, न्यायको प्रत्याभूति दिलाउन विनम्र अनुरोध गर्दछौ’, संघर्ष समितिले बुझाएको ज्ञापनपत्रमा भनिएको छ । २०६३ साल चैत सात गते गौरस्थित राइसमिल चौरमा तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमका नेता कार्यकर्ताबीच भएको झडपमा २७ जना सर्वसाधारणको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित : २ श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६