खोज–अनुसन्धान

चुनाव खर्चको बिबरण सार्वजनिक नगर्नेलाई जरिवाना नगर : उच्च अदालत




काठमाण्डौ १६ साउन । चुनाव खर्चको विवरण नबुझाउने उम्मेदवारलाई तत्काल जरिबाना नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।आज सोमवार उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडीको एकल इजरासले चुनाव खर्चको विवरण नबुझाउने उम्मेदवारलाई जरिबाना गर्ने आयोगको निर्णय तत्काललाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले दुवै पक्षसँग छलफल गर्न साउन २२ गते‍ सोमवार बोलाएको छ ।

आयोगले चुनाव खर्चको विवरण नबुझाएको भन्दै १५ हजार रुपैयाँ जरिबाना तोकेपछि राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू विराजभक्त श्रेष्ठ, सोविता गौतम, शिशिर खनाल र गणेश पराजुलीले उच्च अदालतमा रिट दर्ता गरेका थिए ।गएको मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको खर्च विवरण नबुझाएको भन्दै आयोगले १५ हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : १६ श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६