अर्थ-वाणिज्य

विप्लव समूहका नाममा शंकरपुर तालको जग्गा अतिक्रमण




कपिलवस्तु १६ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिकाको शंकरपुर ताल अतिक्रमणमा परेको छ । गत वर्ष वर्षामा तालको बाँध भत्किएपछि घाँसे मैदान बनेको तालमा अतिक्रमण सुरु भएको हो ।हाल वर्षातको सिजन भए पनि तालमा पानी छैन । त्यसैमा स्थानीयले कब्जागरी खेती गर्न सुरु गरेका छन् । राजनीतिक दलको आडमा जबरजस्ती तालको जग्गा कब्जाको प्रयास भएको स्थानीयहरुको भनाइ छ ।५० बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको तालको डिलमा विप्लव समूहका कार्यकर्ताले जोतभोग गर्न थालेको चेतनशील सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ ।

वन समूहले असार २७ गते डिभिजन वन कार्यालय (गौतमबुद्ध) चन्द्रौटालाई पत्राचार गरी अतिक्रमण हटाउन अनुरोध समेत गरेको छ ।सो पत्रमा नेकपा माओवादी (विप्लव) का केही कार्यकर्ता मिली पटक–पटक अनाधिकृत रुपमा ३ हेक्टर जग्गा ताल र बनको जग्गा अतिक्रमण गरेको उल्लेख गरिएको छ । शिवगढी सवडिभिजन कार्यालयका अधिकृत दीपक चौधरीले अतिक्रमण गरिएको जग्गा हटाउन आवश्यक पहलको प्रक्रिया चालिएको बताउनुभयो ।शंकरपुर ताल गाउँपालिकाको पर्यटकीय सम्भावना रहेको क्षेत्र समेत मानिन्छ । तालको संरक्षण र प्रवर्धन नहुँदा अतिक्रमणको जोखिममा परेको छ । ताल छेउछाउ अतिक्रमण गरी अडहर खेती सुरु भएको स्थानीयको भनाइ छ ।

प्रकाशित : १६ श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६