कपिलवस्तु १६ साउन। रुकैया खातुनलाई यो वर्षको प्रकाश मानव अधिकार पुरस्कार प्रदान गरिएको छ । शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा क्रियाशील कपिलवस्तुकी रुकैया खातुनलाई आज पुरस्कार प्रदान गरिएको हो ।ललितपुरमा भएको एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले खातुनलाई सम्मान पत्रसहित ५० हजार नगद प्रदान गरे ।खातुनले आफूले पाएको पुरस्कार राशी सामाजिक काममा खर्च गर्ने बताएकी छन् ।इन्सेक कार्यसमितिको २०८० साउन ९ गते सम्पन्न बैठकले संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसका आधारमा उनलाई सम्मानित गर्ने निर्णय गरेको थियो ।
इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो ।नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पु¥याएको योगदानको स्मरण गर्दै उनको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यका साथ इन्सेकले ‘प्रकाश मानव अधिकार पुरस्कार’ प्रदान गर्दै आएको छ ।नेपालको राजनीतिक, शैक्षिक, स्वास्थ्य तथा सामाजिक लगायतका क्षेत्रबाट अधिकारउन्मुख चेतनामा आधारित भएर विशिष्ट योगदान गरेका व्यक्तित्वलाई ‘प्रकाश स्मृति दिवस’ को अवसर पारेर पुरस्कृत गरिँदै आएको छ ।
१६ श्रावण २०८०, मंगलबार
प्रतिक्रिया