अर्थ-वाणिज्य

बैंकर्स क्लबद्वारा रक्तदान कार्यक्रम : तौलिहवामा उदाहरणीय काम




नारद कोहार
कपिलबस्तु१४ भदौ । बैंकर्स क्लब तौलिहवाद्वारा रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रममा तौलिहवा स्थित विभिन्न बैंकका प्रमुख प्रतिनिधि, सुरक्षाकर्मी तथा शुभेच्छुकहरूले रक्तदान गरेका थिए । क्लबका अध्यक्ष नविन बहादु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, नेपाल रेडक्रम सोसाइटीका अध्यक्ष केशब सिंह, रेडक्रसमा मन्त्री सन्तोष श्रीवास्तव विभिन्न बैंक तथा वित्तिय संस्थाका प्रमुख एवम् प्रतिनिधि लगायताको सहभागिता रहेको थियो ।
कार्यक्रममा रक्तदाताहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा प्रजिअ आचार्यले कार्यक्रमको प्रशंसा गर्दै रक्तदान जीवनकै एउटा महत्तवपूर्ण कार्यक्रम भएको बताएउनुभयो । उक्त रक्तदान कार्यक्रमबाट ४२ प्वाइन्ट रगत संकलन भएको मन्त्री श्रीवस्तवले बताउनुभयो । उहाँले रक्त सञ्चार केन्द्रमा रगतको आभाव भएकोले रगत दान गर्न रक्तदाताहरुलाई आग्रह गर्नुभयो ।कार्यक्रमलाई सफल बनाउन आर्थिक, भौतिक लगायत विभिन्न माध्यमबाट सहयो गर्ने सम्पूर्ण शाखा प्रबन्धकहरुलाई क्लबका अध्यक्ष श्रेष्ठले धन्यबाद समेत दिएका छन् । क्लबले कोरोनाको समयमा समेत रक्तदान गरेको थियो । कार्यक्रम नेपाल रेडक्रम सोसाइटि तौलिहवामा भएको हो ।

प्रकाशित : १४ भाद्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६