अर्थ-वाणिज्य

अराजक प्रचण्डलाई हटाएर देउवालाई सरकारको नेतृत्व दिन्छौं : शेखर




हेटौंडा २४ भदौ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले काङ्ग्रेस सम्मिलित प्रचण्ड नेतृत्वको सरकार अराजक भएको बताएका छ्न् ।११०औं विपी जयन्तीको अवसरमा आइतबार हेटौंडा(११ स्थित नवलपुरमा विपीको शालिक अनावरण गर्न हेटौंडा आएका कोइरालाले वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने र कांग्रेसको नेतृत्व रहेको सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार निर्माण गरिनुपर्ने बताए ।उनले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अराजक हुँदै गएको आरोप लगाउँदै सरकार फेर्नुपर्ने बताए ।उनले प्रधानमन्त्री प्रचण्डकै कारण धरानमा जातीय द्वन्द्व भएको टिप्पणी गरे ।

‘प्रधानमन्त्रीज्यूले आदिवासी जनजातिको कार्यक्रममा हामीलाई भोट दिनुस् हामी जातीय राज्य दिन्छौं भनेर भन्नुभयो । सुर्खेतमा गएर एक दुई महिनाभित्र डेढ दुई लाख जना मानिस सडक उतार्छौं भन्नुभयो ।’ कोइरालाले भने ।कोइरालाले देशको प्रधानमन्त्रीले सडकमा मानिस उतार्छौं र जातीय राज्य बनाउँछौं भन्दै हिँड्दा धरानमा घटना घट्न पुगेको दोहोर्‍याए । ‘धरानमा धार्मिक लडाइँ नभएर जातीय द्वन्द्व भयो,’ उनले भने ।

प्रकाशित : २४ भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६