खोज–अनुसन्धान

प्रहरीमा नयाँ नेतृत्वको नयाँ छनक : ४ फरार प्रतिवादी पक्राउ




कपिलवस्तु २६ भदौ । कपिलवस्तु प्रहरीमा एकैसाथ उपरीक्षक नवरत्न पौडेल र नायव उपरीक्षक गंगा वहादुर थापा आएसंगै नयाँ नेतृत्वको नयाँ छनक देखिएको छ । फलस्वरुप ४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाले लागुऔषध मुद्दामा फरार रहेका शिवराज नगरपालिका ५ बालापुरका गोपी बुढालाई पक्राउ गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय बहादुरगन्जले जबरजस्ती करणी मुद्दाका फरार रहेका कृष्णनगर नगरपालिका –८ बहादुरगन्जका राजु यादवलाई पक्राउ गरेको छ । वन मुद्दामा फरार प्रतिवादी हरिशचन्द्र थारु र सवारी ज्यान मुद्दामा कैद भुक्तान गर्न बाँकी गोविन्दप्रसाद थारुलाई बाणगंगा नगरपालिका –३ सिउटीबाट पक्राउ परेको जनाएको छ । पक्राउ पर्ने चार जनालाई कारवाहीका लागि कपिलवस्तु जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो ।

प्रकाशित : २६ भाद्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६