अर्थ-वाणिज्य

सरकारी तलव खानेवालाका सन्तान सरकारी स्कूलमा अनिवार्य भर्ना




पाल्पा २९ भदौ । रैनादेवी छहरा गाउँपालिकाले जनप्रतिनिधि, सरकारी कर्मचारी तथा शिक्षकले आफ्नो र आफ्नो संरक्षणमा रहेका बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउने बिषयको परिपत्र गरेको छ । यसरी सरकारी तलव खाने जनप्रतिनिधि कर्मचारीहरुलाई सरकारी बिद्यालयमै आफ्ना छोराछोरी पठाउने विषयमा निर्णय गर्ने रैनादेवी जिल्लामै पहिलो पालिका हो । पछिल्लो समय सामुदायिक बिद्यालयमा बिद्यार्थीहरुको आकर्षण कम हुदै गएको र गाउँका कतिपय बिद्यालयहरुमा विद्यार्थी संख्या ज्यादै न्युन हुदै गएका छन् । यसै सन्दर्भमा सामुदायिक विद्यालयको गुणस्तर सुधार्नका लागि यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराईले बताउनुभयो । गत २०८० बैशाख २४ गते गाउँ कार्यपालिकाले निर्णय गरेपछि यसको कार्यान्वयनका लागि परिपत्र गरिएको पालिकाका प्रमुख प्रशसकीय अधिकृत दिनेश सारुले बताउनुभयो । पालिकाले यो वर्ष निर्णय गरेर सार्वजनिक पद धारण गरेका व्यक्तिलाई सकारात्मक रुपमा नैतिक दवाव पुग्ने बताएको छ । उहाँले निर्णय बमोजिम सम्बन्धित सबैलाई पत्राचार गरिएको उहाँले बताउनुभयो । यो निर्णयलाई आगामी शैक्षिक सत्र २०८१ देखि कार्यान्वयनमा लैजाने गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराईले बताउनुभयो । पालिका अन्तरगतको समग्र शिक्षा क्षेत्रलाई सुधार गर्न गरेका विभिन्न निर्णयमध्ये यो पनि एउटा महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।

प्रकाशित : २९ भाद्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६