काठमाडौं २९ भदौ । बिहीबार कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन बुबाको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाइ, फलफूल, कपडा आदि उपहार दिन्छन् । भौतिकरूपमा अस्त भइसकेका बुबाहरूलाई सन्तानहरूले तस्वीर हेरेर अथवा विभिन्न शक्तिपीठ, देवालयमा गएर श्राद्ध गर्दै तर्पण दिन्छन्।तर, धेरैलाई रुवाएर अन्तिम बिदा भएका संविधानसभा अध्यक्ष एवम् पूर्वसभामुखसमेत रहेका नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका दुई छोरालाई वियोगान्त संयोग प¥यो । छोराहरू मिङ्सो र सुहाङ नेम्वाङले बुबाको मुख हेर्ने दिन उनै बुबालाई दागबत्ती दिनुप¥यो । उनीहरूले बुबाको भौतिक शरीर र त हेरे तर, उपहार दिन पाएनन् । उनीहरूलाई उपहारको साटो दागबत्ती दिनुपर्ने नियति खेप्नुप¥यो ।यसपालि कुशे औँसीमा बुबालाई उपहार दिने उनीहरूको सपना अधुरै रह्यो। मृत लास हेरेर मिङ्सो र सुहाङ बुबालाई विदेशबाट उपहार ल्याउने बाचा सम्झेर भक्कानिए ।
कुशे औँसीको दुई दिनअघि नै बुबाले संसार छाडेको खबर उनीहरूले पाएका थिए । पञ्चतत्त्वमा विलीन हुनुपर्ने बुबाको लास उनीहरूकै पर्खाइमा थियो। किनकि, उनीहरू विदेशमा थिए । मंगलबार बिहानको राति निधन भएका सुवास नेम्वाङको अन्तिम संस्कारका लागि दुई छोरा भोलिपल्ट अर्थात् बुधबार काठमाडौं आइपुगे। बाबुको निधनमा देश नै स्तब्ध भएका थियो। बिहीबार दिउँसो अन्तिम संस्कारको क्रममा राष्ट्रिय सम्मान दिएको देख्दा छोराहरूका आँखा थामिएनन्। आफूलाई गर्विलो महसुस गराउने बुबाको निधनमा स्तब्ध उनीहरूले लिम्बू परम्पराअनुसार पनि अन्त्येष्टि गरे।नमिठो संयोग बुबाको मुख हेर्ने दिन सुवास नेम्वाङका छोराहरूले बुबाको मुखमा दागबत्ती दिनुप¥यो । शाश्वत मृत्यु कसैको नियन्त्रणमा हुँदैन। सबैले भोग्दै आएका यही नियतिले भोगे नेम्वाङ पुत्र मिङ्सो र सुहाङले तर, अर्काे दूर्भाग्य कुशेऔँसीमै । सो दृश्य देख्नेहरू धेरैका आँखा रसाए ।नेम्वाङको बिहीबार अन्त्येष्टि गरियो। राजकीय सम्मानसहित बिदाइ गरिएको हो । नेपाली सेनाको एक टुकडीले नेम्वाङलाई अन्तिम सलामी अर्पण ग¥यो।
२९ भाद्र २०८०, शुक्रबार








प्रतिक्रिया