खोज–अनुसन्धान

प्रहरीद्धारा मृतकका श्रीमान र सासु नियन्त्रणमा




कपिलवस्तु ३ असोज ।कपिलवस्तुको यशोधरा गाउपालिका– १ पकडी स्थित घरमा मृत अवस्थामा भेटिएकी महिलाको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले श्रीमान र सासुलाई नियन्त्रणमा लिएको छ । मंगलावर राति १० बजेतिर स्थानीय २२ बर्षिया नसिमा खातुन आफ्नै घरको बरन्डामा रहेको खाटमा मृत फेला परेका थिईन । घटना लगत्तै प्रहरीले मृतक महिलाका श्रीमान प्रबेजआलम धुनिया, सासु साजिामा धुनिया, ससुरा जाकिर हुसने धुनिया, देवर तरबेज अहमद, नन्द रुक्सार खातुनलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाले बताए ।
उता मृतक महिलाकी आमा भारतको सिद्धार्थनगर थाना मोहोना पोस्ट बर्डपुर १०मदरापुरकी आशिया खातुनले ज्वाई प्रबेज आलम र सम्धिनी साजिामा धुनिया बिरुद्ध ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी समेत दिएकी छिन । घटनामा नियन्त्रणमा लिइएको सबै जनासंग प्रहरीले सोधपुछ गरेको थापाले बताए । मृतकका श्रीमान र सासु बिरुद्ध किटानी जाहेरी परकोले ती दुई जनामाथी मुद्दा चलाईने अन्यलाई बोलाएको बखत हाजिर हुने गरी रिहा गरिने थापाले बताए । घटनाको अनुसंधान भईरहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमर्टमकालागि कपिलवस्तु अस्पताल पठाइएको छ ।

प्रकाशित : ३ आश्विन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६