खोज–अनुसन्धान

सांसद अधिकारी जनभलाकुसारी अभियानमा सकृय : मायादेवि शुद्धोधन हुदै बाणगंगामा ब्यस्त




कपिलवस्तु ७ असोज । कपिलवस्तु क्षेत्र नं १ वाट निर्वाचित सांसद बलराम अधिकारीले निर्वाचन क्षेत्रका लागि संघिय सरकारवाट विनियोजन हुने ठूला योजनाको वजेटकालागि आफूले निरन्तर दवाव मुलक रुपमा सरकारलाई घचघचाई रहेको वताउनु भएको छ । नेकपा एमाले कपिलवस्तुको आयोजनामा भएको जनतासंग जनप्रतिनिधी विशेष कार्यक्रमलाई वाणगंगाको झुंगामा संवोधन गर्दै यस्तो वताउनु भएको हो । उहाले जनताका विकास निर्माणका धेरै काम स्थानीय सरकार र प्रदेश सरकारवाट हुने वर्तमान ब्यवस्था स्मरण गराउदै जनतासंग सुख दुखमा भेटघाट र छलफल गर्न आफू हरेक वडाहरुमा पुग्ने स्पष्ट पार्नु भयो ।


सांसद विकास कोषको रकममा राके लगाएर अदालतले राम्रो काम नगरेको वताउदै त्यो वजेट आएमा सिधै स्थानीय तह मार्फत खर्च हुने भएकाले सांसदले कुनै दुरुपयोग नगर्ने स्पष्ट पार्नु भयो । उक्त कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य एवम प्रदेश क्षेत्र १ .१ का संयोजक भेषराज पाण्डेले वोल्दै एमालेवाट निर्वाचित हरेक जनप्रतिनिधी जनताप्रति जवाफदेही र पार्टी प्रति उत्तरदायि हुनु पर्ने स्पष्ट पार्नु भयो । उहाले जनताले जे मन पार्छन त्यो गर्न जे मन पार्दैनन् त्यो नगर्न जनप्रतिधिीलाई आग्रह समेत गर्नु भयो ।
सो अवसरमा बाणगंगा ३ का स्थानीयहरु गोपालमणि ज्ञवाली ,ढाकाराम अधिकारी , सन्तराम थारु ,कृष्ण पाण्डे , सरीता देवि ढकाल गिता खनाल, राधा विक लगायत २ दर्जन स्थानीयले आफ्ना समस्या तथा गुनासाहरु सांसद अधिकारी समक्ष राखेका थिए । वडा कमिटीका अध्यक्ष खगेन्द्र घिमिरेको अध्यक्षता शम्भू खनालको संचालन र एमाले नेता मित्रलाल शर्माको अपेक्षा प्रस्तुती बीच भएको कार्यक्रममा डेढसयबढी स्थानीयको उत्साह जनक सहभागिता थियो ।

प्रकाशित : ६ आश्विन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६