कपिलवस्तु ७ असोज । एमाले कपिलवस्तुले जनतासंग जनप्रतिनिधी कार्यक्रम अन्तर्गत असोज र कार्तिक महिनाभर जनताका घरदैलो र गाउटोलमा एमालेवाट निर्वाचित प्रतिनिधीको भेटघाट कार्यक्रम सहितको अभियान चलाउने भएको छ । बाणगंगाको शिद्धार्थ क्याम्पस ४ नम्वरमा भएको निर्वाचन क्षेत्र नं १ को बैठकले यस्तो निर्णय गरेको हो ।
क्षेत्रिय बैठकमा वोल्दै एमालेका केन्द्रिय सदस्य एवम क्षेत्र नं १ का सांसद वलराम अधिकारीले जनतासंग जान सधैव चाहाने वानी आफ्नो रहेको वताउनु भयो । आफू कहिल्यै कमिटी पद्धती र विधीलाई कडाईकासाथ लागु गर्नवाट बञ्चित हुनेछैन भन्दै उहाले भन्नु भयो मिसन २०८४ पुरा गरेपछि एमाले ५ वर्षका लागि ढुक्कसंग सरकार चलाउने स्थानमा पुग्ने दावि गर्नु भयो ।
सो बैठकमा बोल्दै एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले जनताले पार्टीको हैसियत उसवाट निर्वाचत जनप्रतिनिधीको कामवाट हेर्ने गरेको वताउदै जनप्रतिनिधी उदाहरणीय बनेर काम गरुन भन्नेमा पार्टीले दृढ अपेक्षा राखेको वताउनु भयो ।
एमालेक्षेत्र नं १ का संयोजक विश्राम चौधरीको अध्यक्षता र क्षत्रिय सचिव विष्णु गौतमको संचालनमा भएको बैठककमा प्रदेश क्षेत्र नं १.१ का संयोजक भेषराज पाण्डे ,१.२ का संयोजक वजरंगी प्रसाद चौधरी , वाणगंगाका अध्यक्ष यूवराज पोखरेल ,मायादेविका सचिव विष्णु पाण्डे , शुद्धोधनका अध्यक्ष राम विलास कुर्मी लगायतले भूगोल क्षेत्रको रिपोटिङ गर्नु भएको थियो ।
बैठकमा एमालेका नेताहरु झविलाल पोखरेल जंजिरथारु , द्रोणराज सुबेदी, मित्रलाल शर्मा , धनु अधिकारी लागतयको आतिथ्यता रहेको थियो।
प्रतिक्रिया