कपिलवस्तु ७ असोज।नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला भेला यही असोज १५ गते हुने भएको छ । पार्टीको जिल्ला कार्य समितिको तौलिहवा स्थित पार्टी कार्यालयमा भएको बैठले सो निर्णय गरेको पार्टी प्रबक्ता ईश्वरी प्रसाद पाण्डेयले बताए । भेला तौलिहवा स्थित पार्टी कार्यालयमा हुने र कांग्रेस नेता शेखर काईरालाले संबोधन गर्ने उनले बताए ।
यस्तै कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवम कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्र आचार्य समेत सहभागी हुने जिल्ला सदस्य राजेश ज्ञवालीले बताए ।भेलामा जिल्लाभरबाट एक हजार नेता कार्यकर्ताहरु सहभागी हुने अनुमान गरिएको छ । बैठकमा भेलाकालागि आवश्यक साधान श्रोत समेत जुटाउने र तयारीमा लाग्ने छलफल समेत भएको थियो । बैठक पार्टी जिल्ला सभापति अब्दुल कलामको अध्यक्षता र सचिव शक्ति सिंह ठकुरीको संचालनमा भएको थियो ।
प्रतिक्रिया