अर्थ-वाणिज्य

४९ बुदे कृषि घोषणापत्र जारी : विज्ञको प्रस्तुतीमा पहिलो पटक किसानकालागि कार्यशाला




कपिलवस्तु ७ असोज।अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी कपिलवस्तुले कपिलवस्तुमै पहिलो पटक किसानकालागि कार्यशाला संचालन गरेको छ। जिल्ला कमिटी कपिलवस्तुको आयोजनामा सम्पन्न जिल्ला स्तरिय कार्यशालामा कपिलवस्तु जिल्लाको समग्र कृषिको अवस्था, आगामी कार्ययोजनाबारे कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भाष्कर पौडेल तथा पशुपंक्षी र माछा सम्बन्धी कपिलवस्तुको भविश्य सम्वन्धमा भेटेरीनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख बिष्णु प्रसाद खनालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा अखिल नेपाल किसान महासंघ स्थायी कमिटी सदस्य ताराजन घिमिरेले सबै कृषकहरु महासंघमा गोलवद्ध हुनुपर्ने बताउदै कृषकहरु एकजुट नहुंदा सम्म राज्यले कृषिलाई प्राथमिकताका साथ नहेर्ने र ठुला र पहुंचवालाले मात्र अनुदान पाई साना किसानहरु मर्कामा पर्ने बताउनुभयो ।
त्यस्तै महासंघ लुम्बिनी प्रदेश कमिटी अध्यक्ष महेन्द्र गिरीले किसान नेता अव पार्टीका नेताको पुच्छर बनेर डुल्ने होइन पार्टीनेता किसान नेताका पछि लाग्ने वातावरण बनाउनु पर्ने वताउनु भयो । कार्यक्रमका मुख्य बक्ता नेकपा ९एमाले० जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष डम्मर शर्माले कृषिको माध्यमबाट देशको विकास गर्नका लागि एमालेको सरकार बन्नै पर्ने वताउनु भयो । कार्यशालापछि ४९ बुदे घोषणा पत्र जारी गरिएको थियो । नेपाल किसान ट्रयाक्टर समितिको सभाहलमा सम्पन्न कार्यशालाबाट कृषकका समस्याहरुको पहिचान गरि समाधानका उपायहरुको खोजी गरि घोषणा पत्र जारी गरिएको हो ।कार्यक्रमका अध्यक्ष अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष रेशम बहादुर केसीले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिंदै कृषिमा आधुनिकिकरणको आवश्यकता रहेको बताउनुभयो ।महासंघमा आवद्ध जिल्लाभरीका कृषकहरुको उपस्थिती रहेको कार्यशाला जिल्ला कमिटी सदस्य राधा बेल्बासेको स्वागत मन्तब्य तथा सचिव नारायण प्रसाद पन्थीको सञ्चालमना सम्पन्न भएको थियो । कार्यशालामा कपिलवस्तुका २सय बढी किसान नेता सहभागि थिए ।

प्रकाशित : ७ आश्विन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६