अर्थ-वाणिज्य

प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेपछि थप सेवा विस्तार




बुटवल ८ असोज । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थप सेवा विस्तार गरिएको छ । बिरामीको चाप बढेपछि सहजताका लागि सेवा थप गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा विस्तारित स्वास्थ्य सेवामा न्यूरो एच.डी.यु (नयाँ भवनमा), एनआइसियु (बेड विस्तार), एसएनसियु सेवा थप गरिएको हो ।यस्तै, बाल तथा प्रसूति विभाग टिकट काउन्टर तथा ल्याब रिपोर्ट एस.एम.एस सेवा पनि थप गरिएको छ । यी सेवा विस्तार तथा शुभारम्भ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले गर्नुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री खनालले प्रदेशको गहनाको रूपमा रहेको अस्पतालका लागि मन्त्रालयले बजेटमा विशेष प्रथमित्तामा राखेको बताउनुभयो ।उहाँले जनताको विश्वास जितेर विशेषज्ञ सेवा प्रदान गर्न चिकित्सकहरुलाई सुझाव दिनुभयो । अस्पताललाई तत्काल नभई नहुने जनशक्ति, उपकरण, भौतिक पूर्वाधारबारेमा लिखित जानकारी मन्त्रालयलाई गराउन निर्देशन दिनुहुँदै मन्त्री खनालले कम्तीमा मासिक रूपमा सम्याका बारेमा छलफल गरी समाधान गर्ने प्रयत्न गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले विवाद् नआउने गरी पारदर्शी तरिकाले प्रशासन चलाउन र उपचार सेवा थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो । अस्पतालमा मेसु डा. सुदर्शन थापा क्षेत्रीले सेवा विस्तारसँगै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गर्ने आउने बिरामीका लागि सहज भएको बताउनुभयो । उहाँले अब केही समयमै क्याथ ल्याब सञ्चालनको तयारी भइरहेको पनि जानकारी दिनुभयो ।डा. थापाले अस्पतालमा पिआइसीयू प्रसूति सेवा बर्थिड सेन्टर निःसन्तान क्लिनिक सेवा सुरु भएपछि आएका बिरामीलाई बाहिर रिफर गर्नुपर्ने समस्या अन्त्य भएको बताउनुभयो ।बुटबल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पतालको विकास र सेवाका लागि सबैकोध्यान जानु जरुरी रहेको बताउनुभयो ।

प्रकाशित : ८ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६