खोज–अनुसन्धान

तानसेन नगरपालिकाले बेरुजु घटाउने यस्तो प्रयास थाल्यो




बिन्दु थापा
पाल्पा ८असौज । तानसेन नगरपालिकामा सर्दै आएको बेरुजु यस वर्ष १५ करोड ३० लाख ९ हजार ८७ रुपैयाँ महालेखा परिक्षकको कार्यालयबाट सम्परीक्षण गरिएको छ । आव २०७८।०७९मा ७ करोड १६ लाख ५९ हजार १ सय ३५ रुपैयाँ बेरुजु देखाएकोमा सम्बन्धित संस्था तथा व्यक्तिमा ताकेता तथा असुल उपरको क्रम अगाडी बढाई २२ लाख ४५ हजार ८ सय ८४ रुपैयाँ बराबरको बैंक जम्माका भौचरहरु प्राप्त गरिएको प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवाली अन्य बाकी रहेका रकम पनि असुल गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।

तानसेन नगरपालिकाले आर्थिक बर्ष ०७९।०८०को नीति, योजना तथा कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रमको आयोजना गरी बार्षिक समिक्षा कार्यक्रममा वडाका सचिवले वडामा भएका काम र हुन नसकेका काम तथा योजनाका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै नगरपालिका कार्यालयका बिषयगत शाखा अन्तर्गतका सम्पुर्ण शाखाहरूबाट प्रमुख तथा प्रतिनिधिहरुबाट वार्षिक प्रगति प्रस्तुत गरिएको थियो ।समिक्षा कार्यक्रममा बोल्दै नगर प्रमुख सन्तोषलाल श्रेष्ठले नगरपालिकाको समग्र बिकासका लागि कर्मचारी र जनप्रतिनिधी मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो । नगर प्रवक्ता यादव सिंह कार्कीले नगरको समृद्धिका लागी सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

बरिष्ठ अधिकृत दुर्गा बहादुर थापाले लुहुङ्ग जोर्ते सडकको ट्रयाक ओपन कार्य सम्पन्न , सडक मर्मतका कार्यहरुबाट यातायातमा सहजता बजार क्षेत्रमा सहज यातायातको लागि स्पिडब्रेकर हटाइएको पर्यटन प्रवद्र्धनलाई संस्थागत गरिएको , श्रीनगर क्षेत्रमा रहेको खानेपानी अभावलाई पुरा गर्न १० लाख रुपैयाँको लागतमा पम्पहरुको व्यवस्थापन गरि खानेपानी नियमित गरिएको , कृषिपर्यटन र व्यवसाय मागर्नुपर्ने लगानीका बारेमाबारे बिश्लेषण गर्नुभएको थियो । कार्यक्रममा उपप्रमुख प्रतिक्षा सिंजालीले सम्पुर्णलाई धन्यवाददिदै महिलाका विषयलाइ हल्का रुपले नहेरी सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो ।

प्रकाशित : ९ आश्विन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६