पार्वती पाण्डे
कपिलवस्तु१० असोज ।अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी कपिलवस्तुले ४९ सुत्रीय घोषणा पत्रलाई मंगलवार एक समारोहकका विच सार्वजनकि गरेको छ । जिल्ला कमिटी कपिलवस्तुको आयोजनामा गत शनिवार सम्पन्न जिल्ला स्तरिय कार्यशालाबाट उक्त घोषणा पत्र जारी गरिएको गरिएको थियो । किसानका समस्यालाई सम्बोधन गरिएको उक्त घोषणा पत्र पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो । कृषकका समस्याहरुको पहिचान गरि समाधानका उपायहरुको खोजी गरि घोषणा पत्र सार्वजनिक गरिएको छ ।
जिल्ला भरीमा कृषि तथा पशुपालनमा देखिएका समस्या, सिंचाईको समस्या, राज्यबाट पाउने अनुदान लगायतका सेवा सुविधा वास्तविक कृषकले नपाउनु, स्थानीय तहले कृषि आधुनिकिकरणमा जोड नदिनु लगायतका समस्याहरुको खोजी गरि घोषणा पत्र तयार गरिएको छ । घोषणा पत्रमा पशुचौपायहरुमा महामारीको रुपमा फैलिहएको लप्पी स्किन रोगको नियन्त्रण , विमित किसानहरुको विमा रकम भुक्तानी र पशु चौपायमा भएको क्षती पुगेका किसानलाई राहत दिनु पर्ने उल्लेख गरिएको छ । किसानलाई क्षतीपुर्ति र पुर्नस्थापनाको लागि प्रयाप्त बजेट सहितको प्याकेज कार्यक्रम अबिलम्ब घोषणा गर्न सरकारलाई सरकारलाई अनुरोध गरिएको छ । कपिलवस्तु जिल्लामा किसानलाई आवश्यक पर्ने रासायनिक मल , विउ , पुँजी , प्रविधि र आधुनिक ज्ञान सिपलाई किसानको घरदैलोमा पुर्याउन जोडदार माग गरिएको छ ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघ स्थायी कमिटी सदस्य ताराजन घिमिरेले सबै कृषकहरु महासंघमा गोलवद्ध हुनुपर्ने बताउदै कृषकहरु एकजुट नहुंदा सम्म राज्यले कृषिलाई प्राथमिकताका साथ नहेर्ने बताउनुभयो । उहाँले राज्यले दिने अनुदान वास्तविक कृषकहरुले नपाएको अवस्था रहेको भन्दै ठुला र पहुंचवालाले मात्र अनुदान नपाई साना किसानहरुले पनि पाउनुपर्ने बताउनुभयो । कार्यक्रममा किसान महासंघका जिल्ला अध्यक्ष रेशम के.शी.ले किसानका पक्षमा समेटिएका ४९ वुँदे घोषणा पत्र प्रस्तुत गर्नु भएको थियो ।
अध्यक्ष के.शी.ले जिल्लाका १० वटै स्थानीय तहमा जारी घोषणा पत्र कार्यान्वयनका लागि वुझाउने कार्यक्रम रहेको बताउनु भयो । संघका वाणगंगा नगर अध्यक्ष महेन्द्र ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य एवं संघको इन्चार्ज विष्णु गौतम , संघका केन्द्रीय सदस्य धनमाया दमौली , माधुराम न्यापाने लगायतले समसामयिक विषयमा बोल्नु भएको प्रचार तथा प्रकाशन विभागका उपप्रमुख पार्वती पाण्डेले जानकारी दिनु भयो ।
प्रतिक्रिया