अन्तर्राष्ट्रिय

विश्व पर्यटन दिवसमा पर्यटकलाई स्वागतसंगै छुटैछुट

मुख्यमन्त्री चौधरी नै स्वागतमा खटे




बर्दिया १० असोज । बर्दियामा पर्यटकलाई स्वागत गरिएको छ । ४४ औं विश्व पर्यटन दिवसका अवसरमा बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विदेशी पर्यटकको समूहलाई ढाकाटोपी लगाइदिएर स्वागत गरे ।साइकल लिएर गर्दै नेपाल आएका पर्यटकको समूहलाई ठाकुरबाबा नगरपालिकाको पर्यटकीय क्षेत्र ठाकुरद्धारामा स्वागत गरिएको हो । उनीहरुलाई प्रदेश सभा सदस्य जन्मजय तिमिल्सेना, नगरप्रमुख तिलकराम लम्साल, उपप्रमुख विना भट्टराई लगायतले पर्यटकलाई स्वागत गरे ।युरोपेली मुलुकबाट एक दर्जनभन्दा बढी पर्यटक यहाँ आएका छन् । विशेषतः बाघ र गैंडा हेर्न पर्यटक बर्दिया आउँछन् । पर्यटकलाई बर्दियाको संस्कृति पनि परिचित गराउने योजना नगरपालिकाको छ ।

दिवसका अवसरमा बुधबार नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । ठाकुरबाबा नगरपालिका र पर्यटन परिषद् लुम्बिनीको आयोजनामा ठाकुरद्धारा–९ मा दिउँसो पर्यटन दिवसको औपचारिक कार्यक्रम पनि राखिएको छ । दिउँसो सभा‚ झाँकी, पर्यटन सम्बन्धी श्रव्यदृष्यबाट बर्दिया राष्ट्रिय निकुञ्ज सम्बन्धी प्रचारप्रसार लगायतका कार्यक्रम छ ।नगरप्रमुख लम्सालले बाघ मात्र होइन संस्कृति र प्रकृतिका हिसाबले पनि बर्दिया पर्यटकीय क्षेत्रका रुपमा चिनाउदै पर्यटक बढी भित्र्याउने उद्देश्य रहेको बताए । ’हामीले होमस्टेसँगै पर्यटकीय र प्राकृतिक वातावरणबारे प्रसारप्रसारलाई प्राथमिकता दिएका छौं,’ उनले भने ‘बर्दिया राष्ट्रिय निकुञ्ज मूल गन्तव्यसहित हाम्रा पर्यटकीय क्षेत्र चिनाउन सके धेरै फाइदा छ ।’

प्रकाशित : १० आश्विन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६