कपिलवस्तु १० असोज।लुम्बिनी बिकास कोषका उपाध्यक्ष डा. ल्याहारक्याल लामा (खेन्पो छिमे ) ले बिश्प संपदा सुचीमा सुचीकरणकालागि प्रस्तावित तिलौराकोट क्षेत्रलाई हेनै लायक बनाउने बताएका छन । उनले तिलौरोटलाई सुन्दरीकरण गरी आउने पर्यटकलाई लक्षित गर हेर्न लायक बनाईने बताए ।उनले ऐतिहासिक महत्व बोकेको तिलौराकोटालई हेर्न लायक बनाईने बताए । उपाध्यक्ष डा. लामाले विश्व सम्पदा सूचीमा सूचीकृतको तयारीमा रहेको तिलौराकोटको पुरातात्विक र पर्यटन प्रवद्र्धनका लागि सरसफाई गरिएको बताए । उनले तिलौराकोट बुद्धले सिद्धार्थ गौतमका रुपमा २९ वर्ष विताएको पवित्र स्थल रहेकाले यसको विकासलाई आफुले प्राथमिकतामा राखेको बताए ।
कोषले नेपाली सेनालाई अनुरोध गरी प्राचिन शाक्यहरुको राजधानी तिलौराकोट दरबार क्षेत्रलाई सौन्दर्यकरण गर्न थालेको बताए । विश्व सम्पदा सूचीमा सूचीकरणका लागि प्रारम्भिक मनोनयन दस्तावेज पेश गर्ने तयारी भइरहेको बेलामा तिलौराकोटको उत्तरतर्फ रहेको झाडीको सफाई गरिएको हो ।यसअघि सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सहसचिव दामोदर गौतम, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले समेत तिलौराकोट क्षेत्रको निरीक्षण भ्रमण गरेका थिए ।
१० आश्विन २०८०, बुधबार
प्रतिक्रिया