अर्थ-वाणिज्य

चार किलो सुनसहित ३ पक्राउ




दोलखा ११ असोज ।दोलखाको सिंगटी बजारबाट चार किलो सुनसहित पक्राउ परेका तीन जनाको परिचय खुलेको छ ।पक्राउ पर्नेमा बिगु गाउँपालिका–३ बस्ने अन्दाजी १८ वर्षका पेम्बा तामाङ, २८ वर्षका केशर तामाङ र २० वर्षका माधव मगर छन् । उनीहरुलाई बिगु गाउँपालिकाकै वडा नम्बर १ को विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको दोलखा प्रहरीले जनाएको छ ।बुधबार राति बिगु गाउँपालिका–३ जामुनेस्थित सीता तामाङको घरबाट सुन जस्तो देखिने पहेंलो धातु लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी धर्मेशकुमार यादवले पक्राउ गरेको बताउनुभयो ।इलाका प्रहरी कार्यालय सिंगटीबाट प्रहरी निरीक्षक विक्रम लामाको कमाण्डमा १० जनाको टोलीले उनीहरुको घर खानतलासी गर्दा सुन जस्तो देखिने चार केजी पहेंलो धातु बरामद गरिएको सूचना अधिकारी यादवले जानकारी दिनुभयो ।थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काको कमाण्डमा १० जनाको टोलीले अनुसन्धान गरिरहेको दोलखा प्रहरीले जनाएको छ ।

प्रकाशित : ११ आश्विन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६