खोज–अनुसन्धान

शुद्ध खानोपनीमा बाणगंगा प्रदेश मै अगाडी




कपिलवस्तु १३ असोज । शुद्ध खानोपनीमा बाणगंगा प्रदेश मै सबै भन्दा अगाडी रहेको पाइएको छ । वाणगंगा र गजेहडा भुपुसैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समिति वाणगंगा कपिलवस्तुको आर्थिक वर्ष २०७९ र ८० को समिक्षा तथा आर्थिक वर्ष २०८० /८१ को निती तथा अन्तरक्रिया कार्यक्रममा शनिवार यस्तो तथ्य प्रस्तुत गरिएको हो । कार्यक्रमको समुद्घाटन गर्दै संस्थाका सल्लाहकार एवं जेष्ठ सदस्य वलवहादुर थापाले शुद्ध खानेपानी नागरिकलाई खुवाउनु पर्ने सरकारको दायित्व रहेको बताउनु भयो । नागरिकलाई पानीका लागि सरकारले आवश्यकता अनुसारको बजेट बिनियोजन गर्न कन्जुस्याई गर्न नहुने जनाउनु भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र विक्रम शाहले भावी निती योजना , आगामी वर्षको भावी योजना सहित पञ्चवर्षिय रणनितिक योजना प्रस्तुत गर्नु भएको थियो । उक्त योजनालाई सर्वसम्मत रुपले पारित गरिएको थियो । संस्थाका उपाध्यक्ष झलक वहादुर मल्लको स्वागत , सचिव विजय शाहीको सञ्चालनमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक द्रोणराज सुबेदी , दोलख वहादुर पछाई , कृष्ण प्रसाद भट्राई , चिरञ्जीवी भण्डारी , चित्रवहादुर खाँण , अनुगमन समितिका संयोजक वालाराम ज्ञवाली , लेखा संयोजक कमल पौडेल , पानी सुरक्षा समितिका ओमलाल गिरी , लगायतले सुझाव सहित आआफ्नो धारणा राख्ने भएको थियो ।
कार्यक्रममा लेखा समिति सदस्य हरिलाल शर्माले कार्यक्रमको वारेमा प्रस्तुती गर्नु भएको थियो । २०६२ सालमा स्थापना भएको संस्थामा २६सय ३० घरधुरी उपभोक्ता रहेका छन । संस्थाको वाणगंगा १ उत्तमनगरमा सुविधा सम्पन्न भवन रहेको छ

प्रकाशित : १३ आश्विन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६