अर्थ-वाणिज्य

ब्यावासायीलाई नि:शुल्क करशिक्षा अभिमुखीकरण




कपिलवस्तु १३ खअसोज । ब्याबसायिहरुले आफ्नो लेखा आफै राख्न सक्षम भएमात्र हिसाबकिताब चुस्तदुरुस्त रहने कपिलवस्तु व्यापार संघका अध्यक्ष खिमानन्द पौडेल कोपिलले बताउनु भयो । दि सापकोटा एन्ड एसोसियटले आज आयोजना गरेको कर सिक्षा कार्यक्रममा बोल्दै अध्यक्ष पौडेल कोपिल सो कुरा बताउनु भएको हो । कोभिड कहर पछि थलियको अर्थतन्त्र अझै चलायमान हुन नसकेको बताउदै यस्तो अबस्थामा गहन बिसयमा कार्यक्रम आयोजना गरेर दि सापकोटा एन्ड एसोसियटले अत्यन्तै राम्रो गरेको उहाले बताउनुभयो । सापकोटा एन्ड एसोसियटले आफुले लेखापरीक्षण गर्ने प्रतिष्ठान तथा अन्य केही ब्याबसायिहरुलाइ आन्तरिक राजस्व कार्यलय सङ्ग सम्बन्धित कर सम्बधी आधारभुत कुराहरु समेटेर कर सिक्षा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रम मा ब्याबसायिले पालना गर्नुपर्ने नियमहरु , राजस्व कार्यलय ले खोज्ने आबस्यक कागजात , खरिद बिक्रि तथा मौज्दात राख्ने तरिका लगायत का बिसयमा प्रशिक्षणत्मक अभुमुखिकरण गरिएको थियो । हाल बजार अस्तब्यस्त रहेको ब्याबसायिहरु निरास रहेको अबस्थामा ब्याबसायीका ससाना असाबधनी का कारण हुन सक्ने जरिवाना लगायत बाट ब्याबसायिलाइ बचाउन , राजस्व सम्बन्धी आधारभुत ज्ञान ब्याबसायिलाइ गराइ सचेत एबम जागरुप गराउन कार्यक्रमको आयोजना गरिएको उद्योग ब्यापार संघ कपिलवस्तु का लेखा सम्योजक समेत रहेका टि सापकोटा एन्ड एसोसियट का संचालक बिष्णु प्रसाद सापकोटा ले बताउनु भयो ।कपिलवस्तु का विभिन्न क्षेत्रबाट करिब १०० ब्याबसायी सहभागी भएको कार्यक्रम मा कपिलवस्तु मदिरा ब्याबसायी संघ का अध्यक्ष कुलचन्द्र सिग्देल , होटल तथा पर्यटन ब्याबसायी संघ कपिलवस्तु का अध्यक्ष रबिन्द्र पौडेल लगायतले बोल्नु भएको थियो ।

प्रकाशित : १३ आश्विन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६