खोज–अनुसन्धान

नेकपा एसका सबै जिल्ला पदाधिकारी सहित ३१ नेताको पार्टी परित्याग : एमालेमा फर्कने तयारी




नवलपुर १३ असोज । नवलपुरमा माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रित्तिएको छ ।नेकपा एसका जिल्ला अध्यक्षसहित ३१ जनाले सामूहिक रूपमा पार्टी परित्याग गरेसँगै जिल्लामा एकीकृत समाजवादी रित्तिएको हो । जिल्ला अध्यक्ष झबिलाल रानाको नेतृत्वमा चार पदाधिकारीसहित प्रदेश कमिटीका नेताहरूले पार्टी परित्याग गरेका हुन् ।पार्टी परित्याग गर्नेमा अध्यक्ष रानासहित जिल्ला कमिटीका उपाध्यक्ष प्रेमनारायण पाण्डे, उपसचिव हुमकान्त पराजुली, उपसचिव गोबिन्द सुनार रहेका छन् ।

उनीहरुले पहिला पार्टी परितयाग गर्ने र लोश्रो चरणमा एमालेमा प्रबेश गर्ने तयारी गरेको श्रोतको दाविछ ।
पार्टीको नवलपुर जिल्ला भूगोलमा रहेर विभिन्न कमिटि र जनवर्गिय संगठनको जिम्मेवारी भूमिकामा रहेकाहरूले पार्टीको केन्द्रीय कमिटि र गण्डकी प्रदेश कमिटिमा गराईएको ध्यानाकर्षणका सम्वन्धमा कुनै सुनुवाई, छलफल, निर्णयसमेत नभएकाले पार्टीमा रहिरहनुको औचित्य समाप्त भएको विज्ञप्ति जारी उल्लेख गरिएको छ ।कम्युनिष्ट विचारधाराबाट भने विचलन नहुने प्रतिवद्धता तर एसको साधारण सदस्य समेत नरहने गरी सामूहिक रूपमा पार्टी परित्याग गरेको जनाइएको छ ।

प्रकाशित : १४ आश्विन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६