खोज–अनुसन्धान

प्रदेश मुख्यमन्त्री लड्न सकेनन् ,केन्द्रले लपेट्दै लग्यो :पुन




बुटवल १४ असोज । नेकपा माओवादीका लुम्बिनी प्रदेश इन्चार्ज गणेशमान पुनले संघीयता कार्यान्वयनको आठ वर्ष पुग्दासम्म पनि मर्मअनुसार काम गर्न नसकेको बताएका छन् । यसले नागरिकमा निराशा पैदा भएको र परिवर्तनको आभास गर्न नसकि एको उनले दाबी गरे । संघीयतालाई सुदृढीकरण गरी नेपाली विविधता अनुसारका प्रक्रिया अपनाउनुपर्ने उनको सुझाव छ ।नेकपा माओवादी रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै इन्चार्ज पुनले संघीयता सुधारका लागि सबैभन्दा पहिले राजनीतिक उत्तरदायित्व र स्थिरता आवश्यक रहेकोे जनाए । उनले संविधानले व्यवस्था गरेका विकेन्द्रित विषय प्रदेश र स्थानीय तहसम्म ल्याउने उपलब्धिलाई संस्थागत गर्ने नागरिकले परिवर्तन महसुस गर्नेगरी काम गर्न जरुरी रहेको उनले बताए ।
नेता पुनले संघीयताको नयाँ संरचना प्रदेशलाई प्रभावकारी बनाउनु पर्ने बताए । अधिकार विकेन्द्रितमा संघीय सरकार लचिलो नहुने र प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु पनि संघीय संविधानले आफूलाई दिएको अधिकारबारे केन्द्रसँग बहस गर्ने क्षमताका नहुँदा समस्या रहेकोे उनले जनाए । माओवादीको कारण आएको संघीयता माओवादी कमजोर भएका कारण पनि संस्थागत हुन र समृद्ध बन्न नसकेको उनले बताए । यसका लागि माओवादी सच्चिँदै जनसगठन बिस्तारमा लागेको उनले बताए ।राजनीतिमा युवा सहभागिता घट्दै गएको बताउँदै इन्चार्ज पुनले अब युवा महिला र सीमान्तकृत समुदायलाई जोड्न अभियान चलाएको बताए ।

प्रकाशित : १४ आश्विन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६