खोज–अनुसन्धान

यसपाली आधा दर्जनसंग मिलेर जित्यौ, अर्काेपाली डेढ दर्जनसंग मिलेपनि जित्दैनौ : प्रदिप




काठमाडौं १५ असोज । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी केन्द्रीय सभापति पनि सबै पार्टी सदस्यता मतदान गरेर चुन्न पाउनुपर्ने बताएका छन् । कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै पार्टीमा रुपान्तरण नभएसम्म उत्साह नभएको बताए ।उनले भने, ‘पार्टीको रुपान्तरण प्रक्रियालाई पूर्णता बनाउनको लागि पार्टीको आन्तरिक, बाह्य र राष्ट्रिय मुद्दाहरुमा प्रष्ट हुनुपर्छ। हामी व्यक्ति परिवर्तनले मात्रै रुपान्तरण हुन्छरु भन्ने सोचिरहेका त छैनौं । पार्टीको समग्र रुपान्तरणका लागि हामीले सबै पक्षलाई छुन सक्नुपर्छ ।’कांग्रेसका सबै कार्यकर्ताले अब आफ्नो केन्द्रीय सभापति आफैं चुन्न खोजेका हुन् भने हामीले त्यही अनुसारको व्यवस्था गर्नुपर्ने बताए ।
उनले भने, ‘पार्टी नेतृत्वले जसलाई टिकट दिन्छ त्यसलाई नै सधैभरी थोपर्छ भन्ने लाग्ने हो भने पार्टीभित्र प्राइमरी इलेक्सन, अन्तरपार्टी प्राइमरी इलेक्सनको व्यवस्था गर्नुपर्यो। पार्टीको आम कार्यकर्ताले चुनेको व्यक्तिले मात्रै टिकट पाउने व्यवस्था गर्नुपर्यो । विपी कोइरालाको दर्शनअनुसार यो क्याडरबेश पार्टी होइन। हामीले जुन अभ्यास गरिरहेका छौं । हामी खुलापनमा विश्वास गछौं । कांग्रेस सबै हिसाबले मासवेश पार्टी हो । मासबेस पार्टीको सदस्यताको प्रकार हुन्छ रु यदि हाम्रो पार्टीं मासबेस पार्टी हो भने त्यो पार्टीको सदस्यता एउटा प्रकारको मात्रै हुन्छ ।’

प्रकाशित : १५ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६