काठमाडौं १५ असोज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा भएका कांग्रेसका सबै मन्त्रीहरु फिर्ता बोलाउन प्रस्ताव गरेका छन् ।कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै अहिलेको दुई वर्ष सरकार बाहिरै बसेर समर्थन गर्न प्रस्ताव गरेका हुन् ।उनले भने, ‘गठबन्धनको राजनीतिमा पनि नयाँ छलफल गरौं । गठबन्धन बन्नसक्छ । उहाँले उहाँहरु गठबन्धनमा हुनुहुन्छ मोर्चा बनाउनुभएको छ ।
दुई अडाईबर्ष उहाँहरुले सरकार चलाउने भन्ने सहमति भएको छ । पहिला प्रचण्डजी, त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने छ । उहाँहरु एउटै मोर्चा पार्टी पनि एउटै बनाउने भन्नुभएको छ । मलाई लाग्छ कांग्रेसको सबै मन्त्रीहरु फिर्ता बोलाऔं । उहाँहरुलाई एक्लै चलाउँन दिऔं। हामी बाहिर बसेर समर्थन गरौं ।’सहमतिअनुसार प्रचण्डजी वा माधव नेपाल जो प्रधानमन्त्री भएपनि मोर्चालाई सरकार चलाउन दिने उनले बताए । मोर्चापछि कांग्रेसको भागमा परेको बेलामा मोर्चाको समर्थनमा कांग्रेस एक्लैले चलाउन पाउनुपर्ने उनको भनाइ छ । त्यसो गर्दा आआफ्नो सरकारको बेलामा भएको जस अपजस आआफ्नै पार्टीले पाउने उनले बताए ।उनले संघमा मात्रै नभएर प्रदेशमा पनि गठबन्धनभित्र नयाँ ढंगबाट जानुपर्ने बताए। आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने प्रष्ट पारे ।
१५ आश्विन २०८०, सोमबार
प्रतिक्रिया