अर्थ-वाणिज्य

महिलाहरु आत्मनिर्भर बन्नुमा मुख्य योगदान सहकारी कै ’




माधव बेल्वासे
कपिलवस्तु १५ असोज । सहकारीको माध्यमबाट महिलाहरु आत्मनिर्भर बन्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको सर्बोदय महिला विकास बचत तथ ऋण सहकारी संस्थाको १८ औ साधारणसभामा बोल्ने वक्ताहरु महिलाहरु सिपयुक्त हुनुपर्ने बताएका छन् । सोमबार सहकारीको प्राङगणमा भएको उक्त कार्यक्रम नगरप्रमुख अजय थापाले महिलाहरुलाई लक्षीत गरेर हरेक वर्ष कार्यक्रमहरु संचालन भएको बताउनुभयो । महिला हरुलाई आत्मनिर्भर बनाउने नगरको योजना अनुरुप नगरवासी सबै महिलाहरुले साथ दिनुपर्ने थापाले बताउनुभयो । सहकारी हरुले अब नागरिकहरुका लाई स्वरोजगार बनाउन लगानी गर्न आवश्यक रहेको बताउनुभयो । सबै सहकारीले लाखौ रकम नाफा गरेपनि नागरिकहरु प्रति लगानी कम देखिएको उहाँको भनाई छ ।
नगर उपप्रमुख शिवकुमारी थारुले नगरकै उत्कृष्ट सहकारीको रुपमा सर्बोदय महिला बचत तथ ऋण सहकारी रहेको जिकिर गर्नुभयो । सहकारीमा रहेका २५ समूहलाई विभिन्न तालिमहरु प्रदान गरिएको थारुको भनाई छ । कार्यक्रममा व्यापार संघका केन्द्रिय सदस्य महादेव पोखरेलले स्थानीय तहले कुरा गरेर मात्र नहुने बताउनुभयो । पालिकाले गरेका काममा नागरिकहरु सन्तुष्ट छन छैनन भन्ने कुरा प्राथमिकता रहने भएकोले कुरा भन्दा काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा पूर्व मेयर नेत्रराज अधिकारी, वडा न १ का अध्यक्ष खिम विक्रम केसी,वडा न ५ का अध्यक्ष नेत्र प्रसाद बेल्वासे,चेम्बर सहकारीका अध्यक्ष जगत पौडेल,पूर्व वडा अध्यक्ष जगत जिसी,मानव अधिकार प्रतिष्ठानका अध्यक्ष विष्णु खतिवडा,द्रोण प्रसाद अधिकारी,लक्ष्मी हमाल लगाएत बोल्नुभएको थियो । सहकारीका अध्यक्ष टिका विकको अध्यक्षतामा रहेको कार्यक्रमको संचालन सचिव शुशिला खनालले गर्नुभएको थियो ।

प्रकाशित : १५ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६