खोज–अनुसन्धान

नदीमा बगेर वेपत्ता युबकको शब तीन दिनपछि फेला




भालुवाङ १५ असोज । राप्ती नदीमा माछा मार्ने क्रममा बगेर वेपत्ता भएका एक युवकको शब तीन दिन पछि फेला परेको छ । दाङ—देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३, मसुरीया निवासी ३७ वर्षीय रामचरण चौधरी गत शुक्रबार करिब दिउँसो २ बजेको समयमा राप्ती नदीमा माछा मार्ने क्रममा बगेर बेपत्ता हुनु भएको थियो ।
ईलाका प्रहरी कार्यालय भालुवाङ, सशस्त्र प्रहरी बल २९ नम्बर हेट क्वाटर ज्वालामाई गण भालुवाङको टोलीले खोजतलास गर्ने क्रममा गएराती करिब २ बजेको समयमा गढवा गाउँपालिका—१, जेठानगाउँको राप्ती नदीघाटमा बेपत्ता चौधरीको शब फेला परेको गणका एसपी गोपाल श्रेष्ठले जानकारी दिनु भएको छ ।मृतक चौधरी राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित लामो झुलुङ्गे पुल देखि ५÷७ सय मिटर पश्चिम राप्ती नदीमा जालले माछा मार्ने क्रममा बगेर वेपत्ता हुनु भएको थियो । मृतक चौधरीको शब पोष्टमार्टमका लागि घोराही पठाईएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

प्रकाशित : १६ आश्विन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६