काठमाडौं १७ असोज । इलेक्ट्रिक सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरासँग बयान लिएको छ ।पूर्व सभामुख समेत रहेका महरा मंगलबार सीआईबीमा उपस्थित भएर सो प्रकरणमा बयान दिएको प्रहरी स्रोतले जनाएको छ ।‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएपछि सीआईबीले उनीहरुलाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।छोरा राहुल गत भदौ १३ मा पक्राउ परिसकेका छन् । महराले सुन तस्करीसम्बन्धमा अनुसन्धानका लागि आफूले सरकारलाई सघाउने बताउँदै आएका छन् ।
१७ आश्विन २०८०, बुधबार
प्रतिक्रिया