अर्थ-वाणिज्य

जनप्रतिनिधि बीच जारी विवादले उग्ररुप लिएपछि २७ राउण्ड अश्रूग्यास र हवाई फायर




सिराह १८ असोज ।सिरहाको कल्याणपुर नगरपालिकामा जनप्रतिनिधिबीच जारी विवाद उग्ररुप लिएपछि अवस्था तनावग्रस्त बनेको छ ।नगर प्रमुख रामपुकार साह र चार दिनदेखि धर्नामा बसेका वडाध्यक्षहरु पक्षबीच झडप भएको हो ।दुवै पक्षबाट ढुंगामुढा हुन थालेपछि स्थिति तनाबग्रस्त बनेको बताइएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै कैयौं सेल आश्रुग्यास प्रहार गरेका छन् । तर अझै स्थिति नियन्त्रणमा आउन सकेको छैन् ।सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले झडपको स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले १२ सेल र सशस्त्र प्रहरीले १५ सेल आश्रुग्यास प्रहार गरेको बताए । उनले हाम्रो नेपाल प्रहरीले थ्रिनटथ्रि राइफलबाट ५ राउण्ड हवाई फायर समेत गरेको बताए ।झडपमा ६ सुरक्षाकर्मीसहित दर्जनौं व्यक्ति घाइते भएका छन् ।

डिएसपी पाण्डेका अनुसार ढुंगा हानाहानबाट ४ जना नेपाल प्रहरी र दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् ।सर्वसाधारण घाइते भएपनि प्रहरीको सम्पर्कमा नआएको बुझिएको छ । स्थानीयका अनुसार नगर प्रमुख र वडाध्यक्षहरु दुबै पक्षका दर्जनौं व्यक्ति घाइते भएका छन् ।झडकका क्रममा नगरपालिकाको कार्यालयमा ढुंगामुढा गरिएको छ । कार्यालयको झ्यालको सिसाहरु ढुंगामुढाबाट फुटेको डिएसपी पाण्डेले बताए । दुबै पक्षलाई सम्झाई बुझाई गरेपछि अहिले स्थिति सामान्य बनेको उनको भनाई छ ।नगर प्रमुख साहले गत आर्थिक वर्षको आयव्यय सार्वजनिक नगरेको भन्दै छ वटा वडाध्यक्ष चार दिनदेखि धर्नामा छन् ।

धर्नाका कारण कार्यालय ठप्प थियो । कामकाज समेत प्रभावित छन् ।वडाध्यक्षहरु धर्ना बसेका बेला नगर प्रमुख साह १५/२० जना बाहिरका व्यक्ति लिएर अचानक कार्यालय प्रवेश गरी धाकधम्की लगाएपछि तनाव भएको र पटक पटक झडप भएको स्थानीय एक यूवकले बताए ।उनका अनुसार नगर प्रमुख साह एमालेबाट निर्वाचित भएका छन् । उनले भने, ’मेयरले आन्दोलन मा रहेका वडाध्यक्षहरुसंग वार्ता र छलफल गरी समाधान खोज्नु पर्थ्यो । तर बाहिरबाट एमाले कार्यकर्ता बोलाएर स्थिति बिगार्नुभो । मेयरका व्यक्तिले हुलहुज्जत गर्न खोज्दा आन्दोलनमा रहेका वडाध्यक्षहरु पनि आफ्ना मान्छे बोलाए । त्यस्पछि झडप सुरु भएको थियो ‌।’कल्याणपुरमा १२ वटा वडाध्यक्ष छन् । जसमध्ये नेपाली कांग्रेस, नेकपा एस र जसपाका छ वटा वडाध्यक्ष विगत ४ दिनदेखि आन्दोलनमा छन् । उनीहरुले गत आर्थिक वर्षको आयव्यय सार्वजनिक नगरेसम्म आन्दोलन जारी राख्ने बताउँछन् ।

प्रकाशित : १९ आश्विन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६