अर्थ-वाणिज्य

म कपिलवस्तुमा मिसन ८४ कालागि नेपाल भित्र नेपाली खोज्न आएको हुँ: प्रसाई



कपिलवस्तु १९ असोज । राष्ट्र राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियान लिएर देश दौडामा रहेका दुर्गा प्रसाईले म कपिलवस्तुमा मिसन ८४का लागि नेपाल भित्र नेपाली खोज्न आएको हुँ भन्दै यो अधियान सफल पार्नु पर्ने वताउनु भएको छ उहाले बैँक, तथा वित्तीय संघसंस्था र सहकारी संस्थाहरु केही मारवाडी, नेता र तस्करको पैसा कमाउने क्यासीनो भएको टिप्पणी गर्नुभएको छ । बिहिबार कपिलवस्तु आउनुभएका नागरिक बचाउ अभियानका प्रमूख प्रसाईले कपिलवस्तु उद्योग वाणिज्य संघको सभाहलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तै बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘मैले कुनैपनी सहकारी र लघुबित्तबाट ऋण लिएको छैन तर तपाईँहरुले लिएको ऋण र मैले लिएको ऋण एउटै हो ।

किनकी बैंक सहकारी बित्तिय संघसंस्था र सहकारी केही मारवाणी,नेता र तस्करको पैसा कमाउने क्यासिनो भएका छन् ।’उहाँले आफू मिसन २०८४ ,भनेर भोट माग्न र पैसा उठाउन आएको नभई नेपाल भित्र नेपाली खोज्न आएको बताउनुभयो । लघुबित्त र सहकारी पीडितहरुलाई आत्महत्याबाट बचाउन आफू यो अभियान संचालन गरेको प्रसाइको भनाइ थियो ।बैंक, सहकारी, लघुबित्त र इन्स्योरेन्सहरु १० जना नेता र ५५ जना व्यापारीहरुले चलाएको पनि उहाँले ठोकुवा गर्नुभयो ।उहाँले भन्नुभयो, ‘त्यसैले यो तिनीहरुको पैसा कमाउने बैधानिक क्यासिनो भएको छ र तपाईँहरु गोटि हो ।’ आफ्नो अभियानमा विभिन्न लाल्छना लगाइ मारवाडीलाई गाली गरि साम्प्रदायिकता भडकाएको भनी निराधार समाचार लेख्ने कनमुनी दिक्षित एक कुख्यात अपराधी भएको उहाँले आरोप लगाउनुभयो ।

आज केही व्यक्तिहरुका कारण प्लस टु भन्दा माथी पढ्ने विद्यार्थीहरु रित्ताएको भन्दै उहाँले जब पढ्ने समय आउँछ, यिनीहरुले गोबिन्द के।सि लाई ल्याएर सुताउने गरेको व्यवसायी प्रसाईँले बताउनुभयो ।तिहार दशै र छठ सकेर मंशिर ०७ गते काठमाडौमा ऋणबाट मुक्ती दिलाउने व्यवस्था परिवर्तन र हिन्दुराष्ट्र कायम गर्न बृहत निर्णायक आन्दोलन गन समेत उहाँले जानकारी दिनुभयो । त्यसकालागी १०/१५ किलो चामल र केही खर्छ जुटाएर काठमाडौ आइ सबैले साथ दिन पनि उहाँको आग्रह थियो । यो अभियानले भोलि शुक्रबार रुपन्देहीको देवदहमा आमसभा गर्ने जनाएको छ ।

प्रकाशित : १९ आश्विन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६