अर्थ-वाणिज्य

दशैंअघि राजधानी क्षेत्रमा शसर्त जग्गा फुकुवा हुने




भालुवाङ १९ असोज । दशैंअघि लुम्बिनी प्रदेश राजधानी क्षेत्रको रोक्का जग्गा फुकुवाको तयारी भइरहेको छ । लामो समयसम्म जग्गा रोक्का हुँदा जनजीवन प्रभावित भएपछि सरकारले शर्त राखेर रोक्का जग्गा फुकुवाको तयारी गरेको हो । विभिन्न समयको अध्ययन र सिफारिसको आधारमा सरकारले शर्त राखेर किनबेच र बैंकिङ प्रयोजनको लागि जग्गा फुकुवा गर्न थालेको छ । कित्ताकाट नहुने गरी शर्तसहित जग्गा फुकुवाको तयारी गरिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिए । ‘प्रदेश पूर्वाधार विकास समितिको बैठकले समेत रोक्का जग्गा फुकुवाको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ’– पोख्रेलले भने– ‘दशैंअघि रोक्का जग्गा फुकुवा गर्ने तयारी हो ।’ राजधानी क्षेत्रको जग्गा फुकुवा गर्न पछिल्लो समय सरकार सकारात्मक देखिएको छ ।
जसले गर्दा सरकारी स्तरबाट जग्गा फुकुवाको तयारी अघि बढेको पाइएको छ । प्रदेश पूर्वाधार विकास समितिको बैठकले नयाँ कित्ताकाट नहुने गरी रोक्का जग्गा फुकुवा गर्ने सिफारिस गर्ने निर्णय गरेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोख्रेलले जानकारी दिए । उनका अनुसार बैंक कर्जाको लागि राखिएको सीमा हटाउने निर्णय समेत भएको छ । यसअघि बैंक कर्जाको लागि अधिकतम २० लाख रुपैयाँसम्म मात्रै दिन मिल्ने गरी निर्णय गरिएको थियो । बैंक कर्जाको लागि सीमा हटेपछि राहत हुने देखिन्छ । प्रदेश पूर्वाधार विकास समितिले प्रदेश मन्त्रिपरिषद्लाई रोक्का जग्गा फुकुवा गर्न सिफारिस गरेको हो । अब अर्काे हप्ता बस्ने प्रदेश मन्त्रिपरिषद्को बैठकबाट जग्गा फुकुवाको निर्णय हुने मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए ।

प्रकाशित : १९ आश्विन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६