प्रदेश

पब्लिक क्याम्पसलाई अगाडि बढाउन सरकार तयार छः   मुख्य मन्त्री चौधरी

कस्तो विद्यार्थी उत्पादन गर्न आवश्यक छ भन्नेमा प्राध्यापकहरूको विशेष योजना हुनु पर्नेमा जोड




कपिलवस्तु, २० असोज ।

पब्लिक क्याम्पस संघ लुम्बिनी प्रदेशलाई अगाडि बढाउन प्रदेश सरकार तयार रहेको  मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले बताउनु भएको  छ । क्याम्पसहरूको  अवधारणा स्पष्ट हुनु पर्छ , शिक्षाको गुणस्तर कस्तो बनाउने , विद्यार्थी कस्तो उत्पादन गर्ने भन्ने विषयमा प्राध्यापकहरूको विशेष योजना हुनु पर्छ , सरकार लगानी गर्न कन्जुस्याईँ गर्दैन मुख्य मन्त्री चौधरीले प्रष्ट्याउनु भयो । क्याम्पसका प्राध्यापकहरू गुणस्तरीय  शिक्षाका लागि लाग्नु पर्नेमा उहाँले जोड दिनु भयो ।   पब्लिक क्याम्पस संघ लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन समारोहको शनिवार सिद्धार्थ क्याम्पस वाणगङ्गा कपिलवस्तुमा समुद्घाटन गर्दै मुख्य मन्त्री चौधरीले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै सांसद विष्णु पन्थीले अबको शिक्षा परिमार्जन गर्न आवश्यकता रहेको बताउनु भयो । नेपालमै विद्यार्थीलाई टिकाउने खालको वैज्ञानिक शिक्षा अहिलेको आवश्यकता भएको औँल्याउनु भयो ।

संघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद खनालको अध्यक्षता , संघका निर्वतमान कोषाध्यक्ष रबि बहादुर काफ्लेको स्वागत एवं यदुलाल पन्तको सञ्चालनमा भएको कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष शत्रुधन प्रसाद गुप्ता , लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. विनोद प्रसाद ढकाल , वाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्याल , नेकपा एमालेका जिल्ला अध्यक्ष एवं सिद्धार्थ क्याम्पस सञ्चालक समिति अध्यक्ष डम्बर शर्मा , संघका केन्द्रीय सदस्य माया घिमिरे लगायतले सुझाव सहित शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रकाशित : २० आश्विन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६