कपिलवस्तु २१ असोज । नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटीको निर्णय अनुसार असोज २० गते शनिबार देखि एक महिने जनतासंग जनप्रतिनिधी विषयक जनभेटघाट छलफल तथा गुनासा ,सुझाव सल्लाह ग्रहरण कार्यक्रम सुरु भएको छ । जिल्लाको बाणगंगा नगरपालिका र बुद्धभुमि नगर पालिकामा शनिबारदेखि अभियान सुरु भएको हो । यता बाणगंगा नगरपालिकामा पनि शनिबार वडा नं. ७ मोतीपुरबाट यो अभियान सुरु गरेको छ ।
प्रतिनिधीसभा सांसद बलराम अधिकारीले बनगाई ,भलवाड डोहोटे हुदैअघखांची जोड्ने सडक निमार्ण पुरा गर्नका लागि आफुले संघिय सरकार र प्रदेश सरकारसंग दबाब मुलक अभियान चलाएको बताउनुभएको छ । नेकपा एमाले बाणगंगा नगर कमिटीले आज शनिबार बाणगंगा ७ मोतीपुरबाट सुरु गरेको जनता संग जनप्रतिनिधी अभियानमा बोल्दै सांसद अधिकारीले यस्तो बताउनु भएको हो ।
यस्तै प्रदेश सांसद विष्णु पन्थीले आप्नो कार्याकालमा अझै ४ वटा बजेट आउने भन्दै बाणगंगा देखि मायादेवी सम्म नमुना विकासको उदाहरण प्रस्तुत गर्ने दाबाी गनुभयो ।जनतासंग जनप्रतिनिधी अभियान कार्याक्रममा बोल्दै बाणगंगाका मेयर चक्रपाणी अर्यालले वडा नंं ७ मा धेरे विकास भैसकेको र बांकी रहेका काम अब क्रमश गर्ने प्रतिबद्धता जनाउनुभयो ।वडा अध्यक्ष विष्णुगिरीले वडाले डेढ बर्षका अवधिमा गरेको कामको चर्चा गर्दै विकास शुसान र समृद्धिका हिसाबले वडा नं. ७ लाई नगरमै पहिलो बनाउने दाबी प्रस्तुत गर्नुभयो ।प्रदेश क्षेत्र नं. १.१ का संयोजक भेषराज पाण्डे र नगर अध्यक्ष युवराज पोख्रेलले संयुक्त सहजिकरण गरेको कार्यक्रममा स्थानीय जनताले जनप्रतिनिधीसंग राखेका जिज्ञासा अबको क्रमममा यो अभियान आज शनिबारबाट सुर भएपनि कार्तिक २० गते सम्म सबै वडा टोलमा संचालन हुनेछ ।
प्रतिक्रिया