कपिलवस्तु २१ असोज । नेकपा एमाले शिवराज नगर कमिटीले दशैपछि एक महिनासम्म जनतासंग जनप्रतिनिधी कार्यक्रम सहित घरदैलो गर्ने भएको छ । एमाले शिवराज नगरकमिटीको आज बसेको १२ औं विस्तारित बैठकले जनभेटघाट छलफल तथा गुनासा, सुझाव सल्लाह ग्रहरण गर्ने कार्यक्रम संचालन गर्ने जनाएको छ । चन्द्रौटामा आज बसेको नगर कमिटीकोे पुर्ण बैठकले आज एकिकृत समाजबादि पार्टिका जिल्ला सदस्य कविता आचार्यलाई प्रवेश समेत गराएको छ ।
बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य गिरीधारीलाल न्यौपानेले एमाले बृहत इतिहास भएको र भविष्यको मार्गचित्र बोकेको पार्टी भएको बताउनुभएको छ । उहाले भविस्यको मार्ग चित्र एमालेको साथमा रहेो वताउदै त्यसकालागि एकल बहुमत दिने कुरा जनताको हातमा रहेकाले सही कुरा बुझाएर जान कार्यकर्तालाई आग्रह गर्नु भएकोछ । एमालको विकासे योजनाले नै पाटीको संगठन मजबुद बनेको बताउनु भयो । एमाले पार्टीको चोकचोकमा बसेर विरोध गर्नेहरुलाई कामले जवाफ दिनु पर्ने उँहाको भनाइ छ । उहाँले एमाले पार्टीबाट चुनाव लडेर निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीको सिद्धान्तमा बाधिएर जनताको सेवामा लाग्न समेत निर्देशन गर्नु भयो ।
बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रिय सदस्य शुशिल श्रीवास्तवले पछिल्लो समय समाजमा उत्पन्न सामाजिक अराजकता देशको चुनौतीको रुपमा देखिएका समस्याले राष्ट्रलाई कमजोर बनाउने बताउनु भयो । एमालेले संगठन सुध्रिढिकरण सहित नागरीकका गुनासो सुन्न जिल्ला पार्टीले चलाएको अभियानमा सकृय भएर लाग्न पार्टिका नेता कार्यकर्ता तथा निर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नु भयो । बैठकलार्ई सम्बोधन गर्दै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष डम्मर शर्माले निर्वाचित जनप्रतिनिधी जनताकै घरदैलोमा पुगेर जनताका गुनासो सुन्ने र एमालले गरेका कामको प्रसारप्रचार गर्न निर्देशन दिनुभयो ।पार्टिबाट निर्वाचित सघीय सांसद, प्रदेशे सांसद, मेयर, उपमेयर वडा अध्यक्ष लगायत सबै निर्वाचित जनप्रतिनिधिलाई हरेक टोल बस्तीमा पुग्न निर्देशन गर्नु भएको छ । उहाँले उक्त अभियानमा जनप्रतिनिधिलाइ कुनै पनि बाहनामा छुट नहुने बताउनु भयो । त्यस्तै बैठकलाइ सम्बोधन गर्दै एमाले नेता बाबुराम खनालले एमाले निति र विधि पद्धति सहित अगाडि बढ्ने पार्टी भएको बताउनु भयो । एमाले जनताको जीवन सुरक्षा, देशको विकास, समृद्ध र राष्ट्रियताको पक्षमा काम गर्ने पार्टी भएको उल्लेख गर्नु भयो ।
बैठकलाई सम्बोधन गर्दै एमाले प्रदेश सदस्य तथा नगर इन्चार्ज नेत्रराज अधिकारीले एमाले पार्टी मजबुद बनाउन नेता सच्चिन आवश्यक रहेको बताउनु भयो । एमालेले राज्यबाट सेवा लिएका नेताहरुको चिन्तन गर्नु भन्दा पनि झुपडीका नागरिकको चिन्तन गर्नुपर्ने बताउनु भयो । उहाँले पार्टी सुदृढीकरण गर्न तल भन्दा माथीका नेता सच्चिनु पर्ने समेत बताउनु भयो ।एमाले पार्टी देशको बिकास र नागरीकको आवश्यकता देख्ने पार्टी भएको एमाले प्रदेश कमिटी सदस्य अर्जुन कुमार के सीले बताउनु भयो । एमालेले आफनो सरकारको बेलामा गरेका कार्य नै एमालेको उपलब्धि रहेको बताउनु भयो । बैठकमा नेकपा एमाले शिवराज नगरकमिटी अध्यक्ष जगज पौडेलले बैठकको निचोड र अगामी कार्य योजना बारे प्रकाश पार्नु भएको थियो ।
बैठकमा वडा कमिटीका अध्यक्ष, इन्चार्ज र निर्वाचित जनप्रतिनिधिहरुले पार्टीले गरेको कार्यहरुको रिपोर्टिङ गरेका थिए । एमाले जिल्ला कमिटी सदस्य, नगर कमिटीका पदाधिकारी तथा सदस्यहरु, विभिन्न जनवर्गिय संघगठनका पादधिकारी लगायतको उपस्थीति रहेको कार्यक्रम एमाले शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेलको अध्यक्षत तथा सचिव शरद अधिकारीको संचालनमा सम्पन्न भएको हो ।
२१ आश्विन २०८०, आइतबार
प्रतिक्रिया