प्रदेश

लुम्बिनी प्रदेशका अर्थमन्त्री मास्की सवार गाडी दुर्घटना




दाङ, २२ असोज ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ । अर्थमन्त्री मास्की सवार लु १ झा ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।


तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १३ को शितलपुरमा गाडी दुर्घटनामा परेको अर्थमन्त्रीका स्वकिय सचिव शम्भु रेग्मीले जानकारी दिए । पार्टीको कार्यक्रम सकेर अर्थमन्त्री मास्की मन्त्रालय फर्किदै गार्दा गाडी दुर्घटनामा परेको हो । एक्कासी बच्चा सडकमा आएपछी बचाउने क्रममा गाडी सडकबाट हुत्तिएर झाडीमा पुगेर दुर्घटनामा परेको उनले बताए ।


गाडिमा सवार मन्त्री, स्वकिय सहित सबै जनालाई सामान्य चोट लागेको छ । सामान्य चोटपटक लागेको र जोखिम नरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गाडीमा ५ जना सवार थिए । मन्त्री, स्वकिय सचिव, पिएसओ, भान्से र चालक थिए ।

प्रकाशित : २२ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६