खोज–अनुसन्धान

मृतकका परिवारलाई संघीय सरकारको १० लाख र प्रदेशको २ लाख राहत




डोटी २२ असोज । नेपाल सरकारले इजरायलमा ज्यान गुमाएकाहरुका परिवारका नेपाल सरकारले १० लाख दिने भएको छ । यो संगै सुदूरपश्चिमका सात जना विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहत स्वरुप जनही दुई लाखका दरले रकम प्रदान गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमवार एक विज्ञप्ति जारी गर्दै विद्रोही समूहको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीहरुका परिवारलाई राहत स्वरुप दुई÷दुई लाख रुपैयाँ उपलब्ध गराइने जनाएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले हस्ताक्षर गर्नु भएको विज्ञप्तिमा इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोधसमेत गरिएको छ । इजरायलमा आतंकवादी समूह हमासले गरेको हमलामा परी आइतवार १० जना नेपालीको ज्यान गएको थियो । जसमध्ये सात जना सुदूरपश्चिमका विद्यार्थी रहेका छन् ।

प्रकाशित : २२ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६