कपिलवस्तु २२ असोज ।नेकपा (एकिकृत समाजबादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले मुलुकमा जातजाति र धर्मका नाममा अराजता मच्चाउन खोजिएको बताएका छन । उनले मुलुकमा अहिले विभिन्न जातजाति र धर्म अंगालेर संप्रदायिक सद्भाव कामय गरेर बसेकालाई आपसमा भिाडउन खोजिएको बताएका छन । आपसमा लडाईभिडाई अराजकता मच्चाउने तत्व सक्रिय भएकाले उनीहरु विरुद्ध जागा बस्नु पर्ने उनले बताए बताए । कपिलवस्तुको पकडीमा पार्टीको मेची महाकाली समाजबादी जागरण अभियान अन्तर्गत आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन । उनले सबै धर्मजाति संप्रदाय मिलेर मुलुकलाई अगाडी बढाउन अभियान आफुहरुले समाजबादी अभियान सुरु गरेको बताए । उनले गरिबी र बेरोजगारी अहिलेको मुख्य समस्या भएको बताए ।
उनले रोजगारी, समृद्धि र सुशासन राष्ट्रको मुख्य एजेण्डा बन्नुपर्ने बताए ।मुलुक बनाउने एजेण्डाबाट दलहरु विचलित हुँदै गएकाले जनतालाई जगाउने गरी जागरण अभियान सुरु गरिएको बताए । उनले देशव्यापी रूपमा जागरण पैदा गरेको समेत बताए । उनले जनताको जीवन सुधार गर्ने संकल्प बोकेर अभियानमा निस्केकाले देशभरबाट जनताले साथ दिइरहेको बताए । उनले जनताको जीवनस्तर सुधार गर्न आवश्यक रहेकाले जनताकै विचमा जनताका मुत्ता लिएर अगाडि आएको बताए । कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले कृषि क्षेत्रको विकासकालागि आफु लागी परेको बताए । पार्टी जिल्ला अध्यष गीता अन्जानको अध्यक्षतामाम भएको कार्यक्रममा समाजबादी नेता फैजल खाले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा पुर्व प्रधानमन्त्री झलनाथ खनाल, पार्टी सचिव घनश्याम भुसाल, गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेय, नेतृ राम कुमार झाक्री, सोमप्रसाद पाण्डे लगायतको सहभागीता थियो ।
प्रतिक्रिया