प्रदेश

कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरि करिब ७ सय जना माओवादीमा प्रवेश




कपिलवस्तु, २२ असोज । कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरि करिब ७ सय जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।जिल्लाको तौलिहवामा सोमवार आयोजित पाटी प्रवेश, स्वागत तथा सम्मान कार्यक्रममा उनीहरू प्रवेश गरेका हुन् । नेकपा एमालेका प्रदेश सदस्य गोविन्द उपाध्याय, जिल्ला सदस्य दयानन्द त्रिपाठी, नेपाली कांग्रेसका क्षेत्रीय कोषाध्यक्ष नगेन्द्र सिंह, जसपा जिल्ला सदस्य जितेन्द्र पुरी लगायतका सात करिब सय नेता तथा कार्यकर्ताहरू प्रवेश गरेका थिए । 

नव प्रवेशीहरूलाई जनता सँग माओवादी केन्द्रका लागि लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्य, कपिलवस्तु इन्चार्ज महेश्वर जंग गहतराज, नेता सुर्दशन बराल लगायतले स्वागत गरेका हुन् । 

प्रवेशीहरू लुम्बिनी प्रदेश सदस्य देखि जिल्लाका इन्चार्ज तथा नगरका सम्पूर्ण कमिटी सहितको सिंगो टिम नै रहेको छ । 
प्रवेश गर्नेहरू खासगरि जिल्लाको मायादेवी गाउपालिका, शुद्धोधन गाउँपालिका, कपिलवस्तु नगरपालिका महाराजगंज नगरपालिका, कृष्ण नगर नगरपालिका, शिवराज नगरपालिकाका रहेको माओवादीले जनाएको छ । जिल्ला संयोजक विष्णु बेल्बासेको अध्यक्षता रहेको कार्यक्रममा सचिव हजरत अलिको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रकाशित : २२ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६