देश

भिसा लागेका २४ जना सहायक कामदारलाई इजरायलको यात्रा नगर्न श्रम मन्त्रालयको आग्रह



काठमाण्डौ, २३ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारहरूलाई इजरायलको यात्रा नगर्न अनुरोध गरेको छ ।

हिजो बेलुका मन्त्रालयले सूचना निकालेर श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जनालाई यात्रा नगर्न अनुरोध गरेको हो ।

भिसा समेत प्राप्त गरिसकेका कामदारहरूको उडानको समय भोलि बिहान १ बजे तय भएको थियोे । तर इजरायलमा युद्ध चलिरहेकाले भिसा पाएका २४ जना कामदारलाई त्यहाँको यात्रा नगर्न मन्त्रालयले आग्रह गरेको हो । हमास समूहको आक्रमणमा परेर इजरायलमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको छ ।

जोखिमयुक्त क्षेत्रमा रहेका लगभग सबै नेपालीलाई सुरक्षित ठाउँमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २३ आश्विन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६