प्रदेश

मकैको उत्पादन वृद्धि गर्न बाणगंगा र बुद्धभूमिमा विशेष कार्यक्रम संचालन गरिने



कपिलवस्तु, २३ असोज । कपिलवस्तुको बाणगंगा र बुद्धभूमि नगरपालिकामा मकैको उत्पादन बढाउन विशेष कार्यक्रम संचालन गरिदैं छ । कृषि लघु उद्यम कार्यक्रम अन्तर्गत मकै खेतीमा किसानलाई प्रोत्साहन गर्दै खेतीको प्रवर्धन गर्ने कार्यक्रम स्वरुप कार्यक्रम संचालनको अन्तिम चरणमा रहेको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए ।

उनले उक्त कार्यक्रमलाई सफल बनाउन संघले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएक छन् । संघमा आवद्ध कृषकसंगै अन्य उद्योगी व्यवसायीलाई कार्यक्रमा जोड्दै मकैको उत्पादनमा वृद्धि गर्ने गरि कार्यक्रम संचालन हुने उनको भनाई छ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति डि.वी. बस्नेतले अमेरिकी सरकारको सहयोग र नेपाल उद्योग बाणिज्य संघको सहकार्यमा यो कार्यक्रम नेपालका ६ जिल्लाहरु दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र कपिलवस्तुमा संचालन भएको बताए ।

कार्यक्रम अन्तर्गत कृषकहरुको मागअनुसार नेपाल सरकारसंग समन्वय गर्दै विउ भित्राईने बताउँदै उनले भने, ‘नेपालमा रहेका विउ कम्पनीहरुमा प्राविधिहरुले विउ उत्पादनमा सहयोग गर्नुहुन्छ ।’ उनले मल र खादको क्षेत्रमा समेत काम गर्ने जानकारी दिए । छिमेकी देश भारतबाट गत बर्ष मात्रै करिब १५ अर्वको मकै आयात भएको बताउँदै उनले भने, ‘मकैको माग बढ्दो छ । ठूलो मात्रामा छिमेकी देशबाट मकै आयात हुन्छ । अब मागको पुर्ति गर्न देशबाटै हुने वातावरण बनाउनुपर्छ ।’ ‘स्वदेशी उत्पादन वृद्धि गर्ने अभियान अन्तर्गतको यो कार्यक्रम हो,’ उनले भने, ‘दाना उद्योगहरुमा मकैको माग बढी छ । उनीहरुले दानाका लागी चाहिने गुणस्तरियता नेपालको मकैमा नभएपछि भारतबाट ल्याउने गरेको पाईन्छ ।’ उनले यस कार्यक्रमले मकैको गुणस्तरियतामा वृद्धि समेत गर्ने दाबी गरे ।

कार्यक्रममा बोल्ने वक्ताहरुले कपिलवस्तुमा पर्याप्त सिंचाईको सुविधा नभएकाले कार्यक्रमको प्रभावकारितामा असर पुग्ने बताएका थिए ।

कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलको संचालनमा सम्पन्न उक्त कार्यक्रमका संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेल, पुर्ववरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल लगयातका वर्तमान र पुर्व पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : २३ आश्विन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६