देश

नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज आज राति इजरायल जाने



काठमाडौँ, २४ असोज । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार आज राति ११ बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल जान लागेको हो ।

दुबईलाई ट्रान्जिट बनाएर नेपाल एयरलाइन्सको जहाज इजराइल जान लागेको सचिवालयले जनाएको हो । सामान्य अवस्था नभएकोले चार्टर विमान उडान र अवतरणको अनुमति लिनुपर्ने हुन्छ। सरकारले त्यसका लागि इजरायलबाट स्वीकृति लिइसकेको छ।

गत शनिबार प्यालेष्टिनी विद्रोही समूह हमासले आक्रमण गरी इजरालमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । विद्रोही समूहको आक्रमणबाट एक नेपाली अहिल पनि बेपत्ता छन्। घरफिर्तीका लागि ३ सय ५० जनाको विवरण दूतावासले प्राप्त गरिसकेको छ ।

प्रकाशित : २४ आश्विन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६