प्रदेश

मुलुकका ५ सय ५० सांसद मध्ये आफु जनताको घरदैलोमा पुग्ने पहिलो नम्बरको सांसद भएको पंथीको दावी




कपिलवस्तु, २५ आश्विन ।
लुम्बिनी प्रदेश सांसद विष्णु पंथीले मुलुकका ५ सय ५० प्रदेश सांसद मध्ये आफु जनताको घरदैलोमा पुग्ने पहिलो नम्बरको सांसद भएको दावी गर्नु भएको छ । नेकपा (एमाले) बाणगंगा नगरकमिटीद्धारा आयोजित जनतासंग जनप्रतिनिधी कार्यक्रमका बीच जनताका गुनासा संबोधन गर्दै प्रदेश सांसद पंथीले यस्तो दावी गर्नु भएको हो । प्रदेश सांसद पंथीले पिपरा, पटना हुदै लवनी जोडने सडक प्रदेश सरकारकै लगानीमा सम्पन्न भएको बताउदै पटनाका मुख्य पूर्व पश्चितम जोडने तीन वटा सडक प्रदेश सरकारकै लगानीमा निर्माण कार्य भएको दावी गर्नु भयो । प्रदेश सांसद पंथीले पटनालाई विकासको मुलधारमा ल्याउने काममा प्रदेश सरकार नचुकेको दावी गर्नु भयो ।


कार्यक्रममा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जनताका सबै खाले समस्याको समाधान का निम्ति जनतासंग जनप्रतिनिधी कार्यक्रम प्रभावकारी हुने विश्वास ब्यक्त गर्दै पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर उपप्रमुख रिता चौधरीले नगरका तर्फबाट पटनालाई विकासका हिसावले अगाडी ल्याउन अन्यत्र वार्ड भन्दा धेरै बजेट विनियोजन गरिएको बताउनु भयो । कार्यक्रम वडा नं. १० का धरमपुर, बनकट्टी, बहादुरपुर, मिलनचोक, कोरियाचोक, पिपरी, नौगैया , करेलियामा आयोजना गरिएको थियो ।


कार्यक्रममा बाणगंगा नगरपालिकाका वडा नं. १० का अध्यक्ष यम प्रसाद पोख्रेलले जनताका गुनासालाई सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण प्रदेश सयोजक भेषराज पाण्डे र बाणगंगा नगर कमिटी अध्यक्ष यूवराज पोख्रेलले सहजीकरण गर्नु भएको थियो । जनतासंग जनप्रतिनिधी कार्यक्रममा एमाले नेताहरु बिमला चौधरी, सोमनाथ अर्याल, शंकर पाण्डे, उमानाथ पौडेल लगायतका नेता तथा कार्यकर्ताहरुको उत्साहजनक उपस्थिती रहेको नेकपा (एमाले) बाणगंगा नगरकमिटीले जनाएको छ ।

प्रकाशित : २५ आश्विन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६