कपिलवस्तु २५ असोज ।लुम्बिनी प्रदेश सांसद विष्णु पंथीले मुलुकका ५ सय ५० सांसद मध्ये आफु जनताको घरदैलोमा धेरै पुग्ने र विकासका काम योजनाबद्धरुपमा गर्ने हिसावले पहिलो नम्बरको सांसद भएको दावी गर्नु भएको छ । नेकपा (एमाले) बाणगंगा नगरकमिटीद्धारा आयोजित जनतासंग जनप्रतिनिधी कार्यक्रमका बीच पटनाका विभिन्न बस्तमिा जनताका गुनासा संबोधन गर्दै प्रदेश सांसद पंथीले यस्तो दावी गर्नु भएको हो । सांसद पंथीले पिपरा, पटना हुदै लवनी जोडने सडक प्रदेश सरकार कै लगानीमा सम्पन्न भएको बताउदै पटनाका मुख्य पूर्व पश्चितम जोडने तीन वटा सडक समेत प्रदेश सरकारकै लगानीमा निर्माण कार्य भएको दावी गर्नु भयो ।
प पंथीले पटनालाई विकासको मुलधारमा ल्याउने काममा आफू प्रदेश सांसदका हिसावले नचुकेको दावी गर्नु भयो । वाणगंगाका मेयर चक्रपाणी अर्यालले छाडा चौपाया ब्यवस्थापनको काम अव छिटटै शुरु हुने वताउदै एउटा कार्यलय बनेर तयारी गरेको वताउनु भयो ।कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर उपप्रमुख रिता चौधरीले नगरका तर्फबाट पटनालाई विकासका हिसावले अगाडी ल्याउन अरु वडा भन्दा भन्दा धेरै बजेट विनियोजन गरिएको बताउनु भयो । पटनाको विकास हिजो र आज धेरै भिन्न भई सकेको दावि गर्नु भयो ।
जनतासंग जनप्रतिनिधि कार्यक्रममा वडाभित्र भएका विकास निर्माणका कामको जानकारी दिदै वडाध्यक्ष यमप्रसाद पोखरेलले आफू दत्तचित्तले लागि परेपनि ठूलो वडा थोरै बजेट हुदा समस्या परेको वताउनु भयो । एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जनताका सबै खाले समस्याको समाधानका निम्ति जनतासंग जनप्रतिनिधी कार्यक्रम प्रभावकारी हुने विश्वास राखेरै यो कार्यक्रम गरिएको भन्दै जनताको उत्साहपूर्ण सहभागिताकालागि पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गर्नु भयो ।जनतासंग आएका जनप्रतिनिधी समक्ष ४० जना वढी वडाबासीले प्रश्न जिज्ञासा गुनासा र प्रतिकृया राखेका थिए
जनतासंग जनप्रतिधिधी कार्यक्रम वडा नं. १० पटनाका धरमपुर, बनकट्टी, बहादुरपुर, मिलनचोक, कोरियाचोक, पिपरी, नौगैइया र , करेलियामा आयोजना गरिएको थियो । कार्यक्रमको सहजीकरण प्रदेश क्षेत्र १.१ का सयोजक भेषराज पाण्डे र बाणगंगा नगर कमिटी अध्यक्ष यूवराज पोख्रेलले गर्नु भएको थियो । जनतासंग जनप्रतिनिधी कार्यक्रममा एमाले नेताहरु बिमला चौधरी, सोमनाथ अर्याल, शंकर पाण्डे, उमानाथ पौडेल कृष्णि बहादुर सोभई लगायतका नेता तथा कार्यकर्ताहरुको उत्साहजनक उपस्थिती रहेको नेकपा (एमाले) बाणगंगा नगरकमिटीले जनाएको छ । यो अभियान असोज २८ मा वडा नं ११ असोज ३० मा वडा नं ६ र कार्तिक २ मा वडानं ८ मा संचालन भएपछि दशै सम्म स्थगन हुनेछ । दशैपछि कार्तिक २० सम्म पुन संचालन हुने वताइएको छ ।
प्रतिक्रिया